उदाउदै छिन रुपा जि एम !

२२ मे २०१६,
जापान

बुवा इन्द्र बहादुर घर्ती मगर र आमा दिलकुमारी घर्ती मगरको कोखबाट गुल्मी हाडहाडेमा जन्मिएकी रुपा जि एम सानै उमेर देखी कार्यक्रम प्रस्तोता बन्ने सपना सजाएकी थिईन । रुपाले त्यो सपना साकार पार्न धेरै कुर्न परेन बिक्रम संवत २०६६ मा तिनाउ एफ़एमले उनको चाह पुरा गरिदियो । अडियो एफ़एममा काम गर्दै जाँदा आफुलाइ आफ्नो काम प्रति निखारेको अनुभूति हुँदै गर्दा २०६८ साल तिर अर्को ज़िम्मेवारी थपियो त्यो थियो लुम्बिनी टेलीभिजनमा प्रोस्तोता गर्ने सुनौलो अवसर मिल्यो ।

गुल्मीबाट बुटवल झरेकी जि एम बिक्रम सम्बत २०७० देखी मेला महोत्सवमा आफ्नो प्रस्तुतीकरण प्रस्तु गर्दै हिंडेकी जि एम प्रस्तोता मात्र हैन भगवानले सुरीलो स्वर पनी दिएको हुँदा मंचमा आाफ्नो सुरीलो स्वरले श्रोताको मन पनि उत्तिकै तान्ने गरेकी छिन । लोक दोहरी गाउदै जाँदा दोहरी गायिका सम्म हुन पुगेकी रुपा हाल सम्म दर्जन गितहरु गाइ सकेको अनुभव हामी सँगको भलाकुसारीमा बताइन ।

त्यस्तै २०७२१ मा लुम्बिनी उत्कृष्ट प्रोस्तोताले सम्मानित हुँदा आफुमा थप ज़िम्मेवार थपेको भान भएको बताउछिन रुपा । त्यसपस्चात उनको महत्व झन बड्दै गएको महसुस गरिन । बिभिन्न महोत्सवमा प्रोस्तोताको लागी अुरोधहरु आउन थाले । ठुलठुला महोत्सव देखी सुदुर पच्चीम अंचल ,पश्चिमाञ्चल लगायत बिभिन्न जिल्लाको महोत्सव सम्मको लागी डिमाण्डमा कमी भएन, आफ्नो मिहेनतको फल काम गर्दै जाँदा इण्डियाको बिभिन्न ठाउ सम्म पुगेर आाफ्नो कलालाइ प्रस्तुत गर्न पाउदा म भाग्यशाली रहेछु जस्तो लागेको उनले सुनाइन । नभन्दै २०७३ सालमा त झन मेरो लागी गोल्डेन अपरचुनिटी जुर्यो, नेपाल मगर संघ जापानको गोल्डेनवीक रमझम कार्यक्रममा बोलाइ म जस्तो हुर्कीदै गरेको कलाकारलाइ सम्मान गरिदिुनु भयो ।आयोजक नेपाल मगर संघ जापनलाइ मुरी मुरी धन्यवाद टक्राउदछु ।जिवनमा तपाइहरुको सम्मानलाइ सिरमा राखेर हिड्ने छु ,उनले वाचा गरिन ।प्रस्तुत छ प्रतिभावना गायिका रुपा जि सम्म जापान बाट दिलिप राना मगरले गरेको संवाद ।

जापान कस्तो लाग्यो १० दिनको बसाइ संछिप्तमा बताइ दिनुस न ?
# सोचे भन्दा धेरै रमाइलो म एक महिला अनी अरु पुरुष कलाकारको बिचमा संस्थाका धेरै दाजीहरु सँग जापनको रमणिय ठाउहरु घुम्न पाँए यो नै मेरो अविस्मरणीय क्षण हुनेछ ।



तपाइ त मंचमा गीत मात्र हैन बोलीले पनी उतिकै प्रभाव पार्नु भएको थियो नि धेरै दर्शकलाइ ९९% नअकमकाइ बोल्नु हुँदो रहेछ सायद रेडियो टेलिविजनमा काम गर्नु भएकोले हो कि ?जापानमा पहीलो चोटी देखें मैले पनी तपाइको बोल्ने जादुमय कला ?
# हाहा होर दाजी आभार प्रकट गर्दछु सायद म धेरै महोत्सवमा कार्यक्रम चलाउने भएर होला फेरी पनी आदर्णिय दर्शकहरुमा मुरी मुरी धन्यवाद ब्यक्त गर्दछु ।

तपाइको जन्म अनी कस्तो परिवारमा हुर्किनु भएको हो ?
# म जन्मेको गुल्मी ,हुर्के , बढे ,पढेको चाँही बुटवलमा , मेरो परीवार साधरण लाहुरे परिवारमा हुर्केको हुँ,” जस्ट नर्मल”नेपाली परिवारको मान्छे म ।

तपाइको बजारमा आएको गितहरु भन्दिनु हुन्छ ?
# घात गर्ने साथी हुदैन , कम्मरै भाचम्की , फस्ट हुनेले , कति रुम्लार म , जय शिबजी शंकर , रातो रातो गाला, अनी भरखरै रिलीज़ गरेको सालैजो लगायत अरु निस्किने लाइनमा छ ।

तपाइको पढाइ ?
# ब्याचलर पास समय मिलेमा पढने चाहना अझै बाँकी छ ।

तपाइको स्वभाव बारे भन्दिनु हुन्छ की ?
# म मान्छे हरुलाइ छिटो बिस्वास गर्छु सुधार्नु पर्ने छ ।

तपाइको अबको सपना ?
# अबको भबिश्य दर्शक श्रोताहरुमा पर्छ, संघर्ष मेरो भरपुर रहने छ दर्शक माँझ नयाँ गिती कोसेलीहरु ल्याइ मेरो स्वरमा झुमाउने हरप्रयास गर्नेछु। र बिभिन्न देश गइ आाफ्नो कला र गलाको सदुपयोग गर्ने छु ।

उमेर त सानै देखिन्छ बिवाह कहीले सम्म गर्ने सोंच गर्नु भएको छनी ?
# हाहा दाजी पनी यस्तो कुरा नगर्नुस क खैर अझै 4/5वर्ष आाफ्नो भबिश्य बनाउने हो त्यस पछी सोचौला हैन रररर …

अन्तमा संसारमा छरिएर बस्नु हुने नेपाली श्रोता, दर्शक अझ तपाईंका फ्यान शुभचिन्तक हरुलाई केही सन्देश छ की ?
# सबैमा हार्दिक नमस्कार ! नेपाली संस्कार र संस्कृतिकलाइ माया गरी हामी जस्तो कलाकारहरुलाइ सदा संझीदिन हुन बिनम्र अनुरोध गर्दछु, ताकी नेपाली सांस्कृतिलाइ बचाइ राख्नमा तपाइ हाम्रो साझा सद्भाव मलजल गोडमेल बनीराखोस भन्ने कामना गर्दछु । र मेरो बिचारहरुलाइ दर्शक माझ पुर्याउन महत्वोपूर्ण भूमिका खेल्नु हुने आदर्णिय दाजी दिलीप राना मगर प्रति सदा आभारी रहनेछु ।

प्रस्तुती :दिलिप राना मगर ,जापान