कोल्मामा मगर साहित्य मेला तथा मगर चलचित्र प्रदर्शन

Read Time:4 Minute, 39 Second

विनोद रखाली मगर

स्याङ्जा, जेठ ९

२५६० औं वुद्ध जयन्तीको अवशरमा मगर संस्कृती सरंक्षण समिति कोल्मा गाविस स्याङ्जाले विभिन्न मगर चलचित्र तथा मगर साहित्यीक मेला सम्पन्न गरेको छ । मगर समुदायको विशेष पर्व चण्डी पूर्णीमाको दिन आयोजना गरीएको उक्त कार्यक्रमको उद्धघाटन गर्दै नेपाल मगर संघ केन्द्रीय समितिका पूर्व महासचिव, साहित्यकार लोक वहादुर वरही मगरले भाषा, कला संस्कृतीको सरंक्षण गर्ने कार्यभार जाति विशेषमा प्रमुख रहने वताउदै ग्रामिण क्षेत्र मौलिक संस्कृतीमा धनी रहेको भन्दै सरंक्षण गर्न सवैमा आग्रह गरे । वरही मगरले मगर भाषामा लेखन शैली न्यून मात्रामा रहेकाले मगर युवा समुदायलाई मातृ भाषामा मौलिक साहित्य कोर्न प्रोत्साहन गरे ।
कार्यक्रममा नेपाल मगर चलचित्र कर्मी संघका अध्यक्ष चलचित्र कर्मी युवराज मास्की राना मगर, मगर लेखक संघ केन्द्रीय भाषीक उपाध्यक्ष साहित्यकार हेमा आले वोगी मगर, मगर लेखक संघका केन्दीय साहित्यकार सदस्य रुद्र सन्देश मगर, युवा सन्चारकर्मी, लक्ष्मी टेलिभिजनका स्टेशन म्यानेजर विनोद रखाली मगर, मगर लेखक संघ गण्डकी अन्चलका अध्यक्ष गिता थापा मगर, मगर लेखक संघ लुम्वीनी अन्चलका सचिव महेन्द्र थापा मगर, मगर चलचित्र कर्मी भिम राना मगर, एवीसि टेलिभिजनका सन्चारकर्मी गिता राना मगर, कोल्मा स्वास्थ्य चौकीका प्रमुख अमर वुढा मगर लगाएतले शुभकामना मन्तव्य सहित मगर भाषामा विभिन्न साहित्यीक रचनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमकै अवशरमा गोर्खा लिग लिग कोट घले मगर राजाको विषयवस्तुमा निमार्ण गरीएको किशोर राना मगर द्धारा निर्देशित मगर चलचित्र सिमारेखा, स्याङ्जामा निमार्ण भएको श्याम थापा मगर द्धारा निर्देशित मगर चलचित्र वाङ्म मुले, मगर चलचित्र कर्मी संघले निमार्ण गरेको छोटो चलचित्र करिम, मगर समुदायमा रहेको वस्तु भाउ, मुल्य निर्धारणमा आधारित वृतचित्र भेजा, स्याङ्जाको लर्सघा, कोटाकोटवेसीमा छायाङ्कन गरीएको मगर संस्कृतीमा आधारीत वृतचित्र यउनाट र प्रसिद्ध कृषक छ्याम थापा मगरको जिवनीमा आधारीत वृतचित्र पौरखी पाइला प्रदर्शन गरीएको थियो ।
कार्यक्रमकै अवशरमा मगर भाषा कला संस्कृती सरंक्षण क्षेत्रमा विभिन्न क्षेत्र देखी सहयोग गर्नुहुने मगर भाषाका वरिष्ठ साहित्यकार लोक वहादुर थापा मगर, साहित्यकार रुद्र सन्देश मगर, साहित्यकार हेमा आले मगर, मगर चलचित्रका प्रथम निर्देशक युवराज मास्की मगर, चलचित्रकर्मी भिम राना मगर, साहित्यकार गिता थापा मगर, साहित्यकार महेन्द्र थापा मगर, सन्चारकर्मी विनोद रखाली मगर, सन्चारकर्मी गिता राना मगरलाई सम्मान समेत गरेको छ ।
कोल्मा गाविसका उल्लेख मगर तथा गैरमगर समुदायको उपस्थिती रहेको उक्त कार्यक्रम भारती मा.वि काल्खुमा सन्चालन भएको थियो । जनसम्पर्क युवा क्लवका अध्यक्ष जिवन थापा मगरको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन मन वहादुर पुलामी मगर र मगर संस्कृती सरंक्षण समिति कोल्माका अध्यक्ष ङयेश्वर राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %