५ रुपैयामा बाइकको ट्रायल दिन पाइने

Read Time:2 Minute, 21 Second

राज्यसत्ता

पोखरा, ५ जेठ । पोखराको पृथ्विचोकमा रहेको सनराइज ड्राईभिङ सेण्टरले संचालन गरेको प्रि भेइकल टेष्ट सेण्टरले छोटो समयमा पोखरेलीको मन जित्न सफल भएको छ ।

सेण्टरमा दैनिक ३ सय जना सिक्न आउने गरेका छन् । नेपाल सरकार यातायात व्यवस्था कार्यलयले ल्याएको नयाँ ट्रायल प्रणाली जस्तै गरि प्रि भेइकल टेस्टमा सवारी साधन सिक्न पाइने भएकाले पनि पोखरेलीहरुको मन जित्न सफल भएको संचालक सरोज केसीले जानकारी दिए ।

यस्तै सनराइज ड्राइभिङले नोपालमा नै पहिलो पटक ट्रायल दिनेहरुका लागि ५ रुपैयामा बाईक र २० रुपैयामा स्कुटरबाट ट्रायल दिन पाउने व्यवस्था मिलाएको र त्यसमा सनराइज ड्राइभिङले १२ वटा साधन सौजन्य गरेको अर्का संचालक लेखनाथ सुवेदीले बताए ।

यस अघि ट्रायल दिनको लागि आफ्नै मोटरसाइकल वा स्कुटर नहुनेहरुले १ सय भन्दा धेरै रकम तिरेर ट्रायल दिनुपर्ने थियो । अहिले यातायात व्यवस्था कार्यलय गण्डकीले एस एण्ड एस रिकण्डीसन हाउस सँग सम्झौता गरि नयाँ मोटरसाइकल र स्कुटरबाट सस्तो मुल्यमा ट्रायल दिने व्यवस्था मिलाएको हो । अहिले ट्रायल दिन सबै नयाँ स्कुटर र मोटरसाइकलहरु प्रयोग गरिन्छ र यो सस्तो रकममा उपलब्ध हुन्छ । यातायात व्यवस्था कार्यालय गण्डकीका लाइसेन्स शाखाका प्रमुख चेत प्रसाद उप्रेतीले भने ।

सनराइज ड्राइभिङले ट्रायल दिनकै लागि नयाँ १८ वटा स्कुटर २२ वटा बाईकहरु रहेको जनाइएको छ । यसैबिच ट्रयाल दिन प्रयोग गरीने ७ वटा बाईक र ५ वटा स्कुटर र त्यसमा प्रयोग हुने इन्धन सौजन्य गरेको अर्का संचालक राजु लालचनले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %