भण्डारी द्धारा लुम्विनीको भम्रण

Read Time:2 Minute, 17 Second

गोविन्द घर्ती मगर

 देवदह, जेठ ७ – राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान गौतम बुद्धको मावली स्थल देवदहको अवलोकन गर्नु भएको छ । २५ सय ६० औं बुद्धजयन्ती तथा लुम्विनी दिवसको अवसरमा लुम्विनीमा आउने क्रममा भगवान गौतम बुद्धको मावली स्थल देवदहको भवानीपुरको अवलोकन गर्नु भएको हो ।

बुद्धजयन्तीको अवसरमा देवदह क्षेत्रमा रहेका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको अवलोकन गर्नु भएको हो । देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको देशको राष्ट्रपतिले अवलोकन गरेको यो पहिलो पटक हो । अहिले सम्म देशका प्रमुखले देवदह क्षेत्रको अवलोकन गरेको पहिलो पटक भएको स्थानीयवासीको भनाई रहेको छ । अवलोकनको क्रममा राष्ट्रपति भण्डारीले देवदहको भवानीपुरमा रहेको मायादेवी मन्दिरमा पुजाआजा समेत गर्नु भएको थियो ।

सो अवसरमा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको राष्ट्रपति भण्डारीलाई जानकारी दिनु भएको थियो । सो अवसरमा देवदह क्षेत्रमा रहेको ऐतिहासिक स्थलहरुको संरक्षण र सम्वद्र्धको लागि नगरपालिकाले गरेको प्रगति र यसको चुनौतीको वारेमा राष्ट्रपति भण्डारीलाई अधिकृत घिमिरेले जानकारी दिनु भएको थियो ।

भगवान गौतम बुद्धको मावली स्थल देवदहमा बौद्ध दर्शन स्थानीय पाठय पुस्तकमा समावेश गर्न लागिएको अधिकृत घिमिरेले जानकारी दिनु भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीलाई नगर अधिकृत घिमिरेले देवदह क्षेत्रको विकासको लागि ज्ञापनपत्र बुझाउनु भएको छ । लिलावल्वभ भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %