केहर सिं थापा मगर
काठमाडौं, जेठ २ -सिंहदरवारमा सिंह हुनुपर्नेमा स्यालहरुको वथान भएकोले यो देशलाई चिथुरेर नाङगो पारेको संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले बताए । जेठ २ गतेको संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमको समापन कोणसभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन् ।
उनले थपे पहिचान गुन्द्रुक भन्दा पनि काम नलाग्ने विषय भएको कटाक्ष गर्दै आएका प्रधानमन्त्री ओलीलाई वरिष्ठ नेता राईले प्रतिप्रश्न गर्दै भने, ‘पहिचान र गुन्द्रकको भेद छुट्याउन नसक्ने प्रधानमन्त्रीले देशको समस्या कसरी पहिचान गर्न सक्छन् ? र कसरी समाधानको बाटो अबलम्बन गर्छन् भनेर अपेक्षा गर्ने ?’ पहिचान र अधिकारका लागि मधेसी, आदिवासी जनजाति, मुस्लिम, खस, शिल्पी (दलित), महिला, उत्पीडित क्षेत्रका जनता सयौं वर्ष लड्न मानसिक रुपले तयार भएको राईले बताए, ‘आन्दोलनकारीको माग पुरा नहुन्जेल आन्दोलन जारी रहने र आजको उपस्थितीको ११ औं गुणाको संख्यामा भोलि जेठ ३ गतेको सिंहदरबार घेर्न जनता सहभागी हुने छन् ।’
संविधान र सिंहदरवार सवैजातजातिको साझा बनाउन सिंहदरबार घेराउ गर्न आउनु परेको मगर संघका नवनिर्वाचित केन्द्रिय अध्यक्ष नविन रोका मगरले वताए । त्यसैगरी, ऐतिहासिक एकीकृत मगरात भूमि एकै ठाउँमा नहुन्जेल आन्दोलनबाट पछि नहट्ने , ‘मगरात भूमिलाई यो नश्लीय राज्यसत्ताले टुक्रा–टुक्रा पारेकोले यो नसच्याइएसम्म मगरात जनता अधिकार र पहिचानविहिन संविधान मान्न तयार नहुने स्पष्ट पारे । यो संविधान संशोधन मात्र होइन पुनर्लेखन नै गर्नुपर्छ । मगरातका जनताले धरै तानाशाहहरु ढालेका छौं रोकाले भने ।
कार्यक्रममा सद्भावना पार्टीकी नेतृ उर्मिला मण्डले प्रधानमन्त्री वली लाई चुनौति दिदै उखान टुक्काले देश चल्दैन भनिन् । उनले भनिन् हामी हिमाल,पहाड र तराई बाट धेरै आपहरु आएका छौ सक्छौ भने झटारो हानेर हामी सवै आंपहरु खसाल ।
कार्यक्रममा संघीय जनमुक्तिका उपाध्यक्ष रविन्द्र नेपाली,बलदिप राई,रुपन्देही जिल्लका अध्यक्ष झमबहादुर गुरुङ,संघीय लिम्वुवानका केन्द्रीय सदस्य राम मगर लगायतले आ- आफ्नो मन्तब्य राखेका थिए ।
संघीय गठबन्धनले गत जेठ १ गते १० हजार भन्दा बढी जनताको सहभागितामा शान्तिपूर्ण र्याली उपत्यकामा आयोजना गरेको थियो भने भोलि जेठ ३ गते विहान ९ बजेदेखि सिंहदरबार घेराउ आन्दोलन जारी रहने गठबन्धनले जनाएको छ ।
