मगर भाषा बचाउन तालीम संचालन

Read Time:1 Minute, 51 Second

सर्वजित थापा मगर

दैलेख जेठ, १-दैलेखमा मगरढुट मातृभाषा बचावटका लागी प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । नेपाल आदिबासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोग तथा नेपाल मगर संघ दैलेखको आयोजनामा दैलेखका मगरबस्तीका मगरहरुका लागी दैलेख सदरमुकाममा मगरढुट मातृभाषा प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको हो । नेपाल मगर संघका पूर्व केन्द्रिय सदस्य गणेश सलामी मगरको प्रमुख आतिथ्य तथा वर्तमान केन्द्रिय सदस्य खगेन्द्र पुन मगरको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।

तालिममा २० जना प्रशिक्षक प्रशिक्षार्थीको सहभागीता रहको छ भने तालिम ८ दिन सम्म सञ्चालन हुने छ । मगरभाषाको प्रशिक्षण ध्रुवतारा सामुदायिक एफ एम ८९।८ मेगाहर्ज दैलेखमा कार्यरत लामो समयदेखि सञ्चार क्षेत्रमा कार्यरत पत्रकार तथा सञ्चारकर्मी सर्वजित थापामगरले दिने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थित अतिथी र सहभागीहरुलाई आयोजक नेपाल मगर संघ जिल्ला समितिको तर्फबाट सचिव दिप कुमारी पुनमगरले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गणेश सलामीले आमा कोखबाट सिक्ने भाषा नै मातृभाषा भएकोले भाषा सिक्न जरुर रहेको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %