पर्वत सेवा समाज इजरायलद्वारा घाइते गुरुङको उपचार सहयोगार्थ आर्थिक सहयोग

Read Time:3 Minute, 40 Second

माया घले मगर

 जेठ,१- ‘सम्पूर्ण पर्बतेलीको  एउटै छ नारा जन्मभूमी बिकास गर्ने हाम्रो अभिभारा’ भन्ने मूल नाराका साथ स्वदेश तथा प्रदेशमा अध्ययन, व्यवसायी, रोजगारीका सिलसिलामा  रहेका प्रवासीहरुलाई संगठित गर्दै मातृभूमीको  सम्मुनत बिकाश  र मातृभुमीमा रहेका दिनदुखी, असहाय एवम् दैवी प्रकोप पिडितहरुको लागि सहयोग पुर्याउने उद्देश्यले नव(स्थापित संस्था पर्बत सेवा समाज नेपालले आफ्नो  स्थापना संगै आर्थिक सहयोग  छ ।

पर्वत सेवा समाज नेपालको पहलमा समाजकी आजिबन सदस्य हिमाली गुरुङको बिषेश सक्रियतामा  आगो निभाउन जादा घाइते भएका रबिन गुरुङको उपचार सहयोगार्थ लागि आर्थिक सहयोग गरेको हो ।

पर्बतको पन्चासेमा लागेको आगो नियन्त्रण गर्न जाँदा घाईते भएका आर्थर डाँडाखर्क ६ घर भई राम्जा देउराली ४ बस्दै आएका रबिन गुरुङ आफ्नो उपचारकोलागि लाग्ने खर्च जुटाउन नसक्दा समस्यामा परेका  थिए । आगो निभाउन जादा भिरबाट खसेको ढुंगाले लागेर गम्भिर घाइते भएका गुरुङ्ग पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको लागि आर्थिक समस्या भए पछि घाइते गुरुङ परिवारले सहयोगको लागि अपिल गरेको हो ।

घाइते गुरुङलाई पर्बत सेवा समाज नेपाल शाखा इजरायलमा रहेका  आजिबन सदस्य एवम् इजरायलमा रहेका सहयोगी ब्याक्तिहरुद्वारा संकलित ७६ हजार ६ सय रुपैयाँ पर्बतको राम्जा रापू ४ निवासी सन्तोष गुरुङ द्वारा पिडित रबिन गुरुङलाई हस्तान्तरण गरिएको छ ।

विशुद्ध सामाजिक सेवा गर्ने उद्देश्य का साथ गत २०७२  फागुन महिनामा मुना भुसालको अध्यक्षतामा आधिकारिक मान्यता सहित ‘पर्बत सेवा समाज नेपाल’ गठन गरिएको थियो । तत्पश्चात सो संस्थाले ब्यापक रुपमा आजीवन सदस्यता वितरण गर्दै आइरहेको जनाएको छ  ।

घाइते गुरुङलाई सहयोग गर्ने सहयोगीहरुको नामवाली :

१।  हिमाली गुरुङ २०० सेकल

२।  शिमा गुरुङ २०० सेकल

३।  उजेली कुमारी गुरुङ २०० सेकल

४। डिक कुमार गुरुङ १२० सेकल

५।  इश्वोरी खड्का १०० सेकल

६।  मनिता लिम्बु १०० सेकल

७।  निर्मला भटराई १०० सेकल

८।  दिपिका भुसाल १०० सेकल

९।  माया घले १०० सेकल

१०।  सावित्रा गौतम १०० सेकल

११।  तारा गुरुङ ५० सेकल

१२।  चन्द्र पुन १०० सेकल

१३।  ओबी भुसाल १०० सेकल

१४। टंकराज पौडेल १०० सेकल

१५। कबिता गुरुङ १०० सेकल

१६। देबी शर्मा १०० सेकल

१७। भोज राज छेत्री २०० सेकल

१८। दिल कुमारी गुरुङ १०० सेकल

१९। सावित्रा भुसाल ५० सेकल

२०। कल्पना गुरुङ १०० सेकल

२१। सारा गुरुङ १०० सेकल

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %