रोल्पा रोगले सशस्त्र द्वोन्दले सर्वसाधारण जनतामा पारेको प्रभाव बारे बोलेको छ :जनक घर्ति मगर

Read Time:8 Minute, 54 Second

 राज्यसत्ता ,११ मे २०१६ 

  गत बैशाख २४ गते देखी देश भर प्रदर्शन गरिएको नेपाली कथानाक चलचित्र रोल्पा रोग अहिले चर्चाको शिखरमा छ । बिशेष गरी माओवादीको सशस्त्र युद्दको कथावस्तु समेटेर बनाइएको चलचित्र भन्ने हल्ला छ । दर्शकहरु अहिले रोल्पा रोग हेर्न तछाडमछाड गरीरहेका छन । माओवादी जनयुद्दको उद्द्गम थलो रोल्पा र रोल्पालीसँग सम्बन्धित बिषयमा तयार पारीएको चलचित्रबारे यस् फिल्मका रोल्पाली नायक जनक घर्ति मगरसँग हामीले रोल्पा रोग के हो ?कसरी निर्माण भयो आदी इत्यादी बारे जिज्ञासा राखेका थियौ, पढ्नुहोस् बिस्त्रितमा  ……………..


रोल्पा रोगबारे छोटकरिमा जानकारी दिनुहोस् न ?कस्तो फिल्म हो रोल्पा रोग ?

जनक : रोल्पा रोग बिसुद्द नेपाली कथा वस्तु बोकेको चलचित्र हो ,यसमा १० बर्से जनयुद्धले स्थानिय रोल्पावासी माथि पारेको प्रभाव बारेको  कथा वस्तु समेटेको छ ।हिन्सात्मक द्वोन्द सुरु हुँदा एउटा सामान्य दैनिक जीवन बिताई रहेका रोल्पाली जनतालाई त्यो समयमा मानसिक ,सामाजिक कस्तो असर परेको थियो , अनि त्यस्पचात कसरी त्यहाका स्थानिय वासिन्दाहरु इन्डिया लगायतका बिभिन्न देश तिर पलायन भए , किन बन्दुक बोक्न वाध्य भए साधारण जनता ,रोल्पाली जनताले के कस्ता सास्ती खेप्नु परेको थियो भन्ने बिषयलाई उठान गरेको छ ।

तपाईंको यस् फिल्ममा कस्तो खाले भूमिका छ ?

जनक : यो फिल्ममा मेरो भुमिकाबारे भन्नु पर्दा एउटा शाहसी युवकको रुपमा प्रस्तुत भएको छु । सुरुमा एउता मास्टरको छोरा पढाई बिचमै छोडेको बरालिएर हिंड्ने जाड , रक्सी, तास लडाईं झगडा गर्दै हिंड्ने केटी हरु प्रती अलि बढी झुकाव राख्ने खालको भुमीका छ भने पछी समयको अन्तरालमा परिस्थिती र बाध्यताको भुमरी सँगै जनमुक्ती सेनामा लागि गरिब निमुखा जनताको हक अधिकारको लड्ने एउटा शाहसी विर योद्धाको रुप्मा प्रस्तुत भएको छु ।

यो फिल कुन ठाउमा ,कहा कहाँ छायाङ्कान गरिएको हो ?
जनक :यो फिल्म रोल्पाका केही स्थान हरु र पश्चिम दाङमा सुटिङ गरिएको हो ।

यो मुभिमा अभिनय गर्दाका केही अनुभवहरु बताईदिनुहोस् न , रमाईला तथा तिता अनुभव केही छ कि ?

जनक : यो मुभी गर्दा दु:खद भन्दा पनि रमाइलो नै भाको थियो । अझ बिर्सने नसक्ने रोचक घटना चाँही जब मैले भिलेन सुसिल पोख्रेललाई गोली हानी मार्ने अभिनय गर्दै थिए ठीक त्यसैबेला अचानक अन्दाजी ४०/५० बर्सकी महिला अाइ “नमार बा नमार भन्दै मेरो हातको बन्दुक ४/५ पटक खोस्न आउनु भएको थियो जस्का करण केहि समय सम्म सुटिङ नै रोक्नु परेको थियो पछि बुझेने क्रम्मा उहा अर्ध पगल हुनुहुदोरैछ।शायद जनयुद्द्कै प्रभाबले हो कि ?

यो मुभिमा कसरी अवसर पाउनु भो ?कस्तो आशा राख्नु  भएको छ ?

जनक : यो मुभिको निर्देशक दिपक ओलीले पनि ओस्कार कलेजमा पढ्नु हुन्थ्यो र म पनि त्यही भर्खर दोश्रो बर्षमा अध्ययनरत थिए । उहाको जनयुद्दको बिषय बस्तु माथि फिल्म बनाउने सोच रहेछ त्यही क्रममा मेरो साथी मार्फत दिपक ज्यु सँग परिचय भयो र चिन्जान पस्चात यस् मुभिको बारे कुराकानी हुँदै जादा मलाई अभिनय गर्ने मौका मिलेको हो ।

मलाइ लाग्छ यो मुभीको कथा रोल्पाली जनताको भोगाइ मात्र नभई आम नेपालीको जनताको भोगाइलाइ फिल्ममा उतार्ने कोसिस गरेका छौ ।त्यस्कारण सबैको मन छुन्छ जस्तो लाग्दछ ।

अभिनय यात्रा कहिले देखी सुरु गर्नु भो ? सिनेमाको हिरो बन्ने रहर वा एक्तिङ गर्ने रहर कहिले देखी पलायो ?कोही प्रेरणाको श्रोत हुनु हुन्छ कि ?

जनक : मेरो अभिनय यात्राको कुरा गर्दा ४ बर्ष अगाडि तितोसत्य हास्य टेली श्रिखला बाट सुरु भएको हो । मेरो अभिनय गर्ने इच्छा भनौ वा प्रेरणा चाँही जब म सानो छदा नेपालका सुप्रसिद्द अभिनेता राजेश हमालको अर्जुन फिल्म हेरे त्यही देखि नै आफ्सेआफ म भित्र फिल्ममा अभिनय गर्ने रहर पलाएर आयो ।

अहिले सम्म कती जती फिल्म्मा अभिनय गरी सक्नु भएको छ ?

जनक :त्यती धेरै फिल्म गर्ने मौका पाएको छैन , रोल्पा रोग संग गरी ३ वटा पुग्यो , मिस्टेक , यो कथा हो तिम्रो मेरो तर रोल्पा रोग बाहेक अन्यमा साना साना रोल मात्र हो ।

अक्टिङ बारे औपचारिक ट्रेनिङ ,पढाई केही गर्नु भएको छकी ?

जनक : मैले एक्तिङमा ब्याचलर लेवेल पढ्दै छु ।अन्य कुनै औपचारिक छुट्तै ट्रेनिङ लिएको छैन । अहिले ब्याचलर लेवेल तेस्रो वर्षमा अध्ययनरत छु ओस्कार कालेज काठमाडौंमा , नेपालको एक मात्र फिल्म सम्बन्धि अध्ययन हुने कलेज ।

नयाँ कलाकार लाई यो पेशामा आउन गार्हो वा सजिलो के छ ?

जनक : नयाँ कलाकारलाइ यो पेशामा आउन एकदमै गार्हो छ मेरो अनुभवमा ।

नयाँ कलाकारहरुलाई सिनियर कलाकारहरुबाट सह्योग छैन ?

जनक: मौका मिलेको छैन ,मेरो त्यती अन्य पुराना कलाकारहरु सँग चिनजान नभएर पनि होला त्यस्तो सह्योग पाएको छैन आशा छ भविस्यमा अवस्य पाउने छु ।

रोल्पा रोग मा एक्टिङ गर्नु को केही कारण छ कि यसको कुन पक्ष राम्रो लाग्यो ?

जनक: रोल्पा रोगमा अभिनय गर्नुको कारण भन्नु पर्दा वा राम्रो पक्ष बारे बोल्नु पर्दा यस् फिल्मको बिषय बस्तु जुन छ जनयुद्दको प्रभावबारे त्यो म सानो छदा थोरै सुन्ने देख्ने मौका पाएको थिए र केही आँफैले भोगे पनि र आफ्नै जिल्ल्ला बासिले भोगेको कुरा फिल्ममा अभिनय गर्न पाउदा म आफुलाई गौरव मह्सुस भएको छु । 

भविस्यमा कस्तो फिल्ममा काम गर्ने चाह छ ?
जनक : स्क्रिप्ट राम्रो भएको खन्डमा जस्तो सुकै भूमिका पनि निर्वहाँ गर्ने छु । 

रोल्पा रोग हेर्न इक्छुक दर्शकहरुको लागि केही कुरा छ कि ?
जनक :म आम दर्शकहरुलाई हार्दिक रुपले के अनुरोध गर्न चाहन्छु भने कृपया एक चोटी रोल्पा रोग फिल्म हेरिदिनुहोस र त्यसमा कथा अनुसार मेरो अभिनयको मुल्यांकन गरी दिनुहोस् । मलाई लाग्छ कथा बस्तु अनुसार मैले मेरो अभिनयमा कुनै कसर बाकि राखेको छैन । तर कला भन्ने चिज कुन कोण बाट हेर्ने भन्ने हो भन्नेमा भर पर्छ तसर्थ मेरो अभिनयमा कुनै त्रुटी भेट्नु भो र सुझाब दिनु भो भने म ति सुझाबलाई सहर्ष स्वीकार ग्रहण गर्छु र अर्को पटक अझ राम्रो गर्ने कोशीश गर्नेछु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %