गोबिन्द घर्ती
बैषाख २५ । रुपन्देहीको देवदह–८, शितलनगरमा यशोधरा वाल उधानको शिलान्यास गरिएको छ । सृजना सामुदायिक वन क्षेत्रमा निर्माण गर्न गईरहेको यशोधरा वालउधानको रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले एक कार्यक्रमका वीच शिलान्यास गरेकाे हो । देवदह नगरपालिकाको तेश्रो स्थापना दिवसको अवसरमा उक्त वालउधानको शिलान्यास गरिएको हो । सो अवसरमा बोल्दै स्थानीय विकास अधिकारी युवराज सुवेदीले देवदह पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्र भएकोले वालउधानले अझ महत्व थपेको बताए ।
उहाले वालउधान निर्माण गर्न र यसको संरक्षण र सम्वर्धन गर्न जिल्ला विकास समिति रुपन्देहीले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा वालउधान वारे प्रकाश पादै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले नगरपालिकाको गुरुयोजना अनुसार वालउधानको शिलान्यास गरिएको बताए ।
सृजना सामुदायिक वनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षता टिका गौतमको संचालनमा भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, विधिन्न संघसंस्थाका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो । त्यसैगरी देवदह नगरपालिकाको वडा कार्यालयमा नगर सूचना केन्द्रको स्थापना गरिएको छ । नगर सूचना केन्द्रको स्थानीय विकास अधिकारी सेवेदीले उद्घाटन गरेका थिए । अहिले सूचना केन्द्रको रुपमा संचालन गर्ने र पछि गएर पुस्तकालयको रुपमा विकास गर्दै लैजाने नगर अधिकृत गणेश घिमिरेले बताए । एक नगर एक सूचना केन्द्रको अवधारणा अनुसार नगर सूचना केन्द्रको स्थापना गरिएको अधिकृत घिमिरेले बताए ।
