मगर संघ युके अध्यक्ष नेम थापामगरलाई नेपाल मगर संघ र नेपाल मगर पत्रकार संघ कास्कीको स्वागत

Read Time:1 Minute, 52 Second

रूद्र श्रीसमगर

पोखरा, २५ वैशाख

यही वैशाख १८ गतेदेखि २२ गतेसम्म चितवनमा सम्पन्न भएको नेपाल मगर संघको ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन नेपाल आउनुभएका मगर संघ युकेका अध्यक्ष नेम थापामगरलाई पोखरामा स्वागत गरिएको छ ।

शनिबार आयोजित विशेष कार्यक्रम बीच मगर संघ युकेका अध्यक्ष थापामगरलाई नेपाल मगर संघ कास्की र नेपाल मगर पत्रकार संघ कास्कीले स्वागत गरेको हो । स्वागत ग्रहण गर्दै मगर संघ युकेका अध्यक्ष थापामगरले मगर जातिको इतिहास र अस्तित्व रक्षाका लागि मगर पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका थिए । मगरात सभ्यता र इतिहासको पुनर्जागरणका लागि मगर मिडियाको स्थापना अनिवार्य भएको भन्दै मगर मिडियाका लागि सबैले सहयोग गर्नुपर्नेमा थापामगरको जोड थियो ।

सो अवसरमा नेपाल मगर संघ कास्कीका कोषाध्यक्ष कुमार थापामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्र बहादुर श्रीसमगर, केन्द्रीय सचिव मनोज घर्तीमगर, कास्की जिल्ला सचिव उमा आलेमगर, सह–सचिव सुरज थापामगरलगायतले मगर संघ युकेका अध्यक्ष नेम थापामगरलाई स्वागत गर्दै मगर संघ युकेसँगको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %