नेपाल मगर संघ माटेपानी एकाइको २१ औं साधारणसभा सम्पन्न

Read Time:2 Minute, 36 Second

रूद्र श्रीसमगर

पोखरा, २५ वैशाख

नेपाल मगर संघ माटेपानी एकाइ समिति, पोखरा–१२ को २१ औं साधारण सभा तथा नेपाल मगर महिला संघ माटेपानी एकाइ समितिको ११औं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाले नेपाल मगर संघ माटेपानी एकाइ समितिका अध्यक्ष पूर्व प्रहरी नायब निरीक्षक चन्द्र प्रकाश थापामगरले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन र सचिव जीत बहादुर अस्लामीमगरले प्रस्तुत गरेको सचिवको प्रतिवेदन सर्व सम्मतिले पारित गरेको छ ।

यसअघि, साधारणसभाको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका उपाध्यक्ष मेजर प्रेम बहादुर थापामगरले मगर समुदायको उन्नतिका लागि राजनीतिक र सामाजिक जागरण आवश्यक रहेकोमा जोड दिए । साधारणसभामा प्रमुख अतिथि थापामगरले वृद्ध वृद्धाहरूलाई दोसल्ला र कदर पत्रले सम्मान गरेका थिए । सोहि अवसरमा विभिन्न योगदान पु¥याउने व्यक्तित्वहरू पनि सम्मानित भएका थिए ।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका जिल्ला सदस्य एवं जनसम्पर्क तथा प्रचार प्रसार विभाग प्रमुख डिलबहादुर श्रीसमगर, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष फूल कुमारी थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका उपाध्यक्ष रूद्र बहादुर श्रीसमगर, नेपाल मगर संघ माटेपानी एकाइ समितिका सल्लाहकारहरू सह–प्राध्यापक मोती श्वर थापामगर, इन्जिनियर बम बहादुर श्रीसमगर, मेजर हुकुमराज थापामगर लगायतले बोलेका थिए ।

नेपाल मगर संघ माटेपानी एकाइ समितिका अध्यक्ष पूर्व प्रहरी नायब निरीक्षक चन्द्र प्रकाश थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव जीत बहादुर अस्लामीमगर र उपाध्यक्ष मान बहादुर थापामगरले स्वागत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %