अवको आन्दोलन आर्थिक क्रान्ति तर्फ उन्मुख

Read Time:3 Minute, 14 Second

गोबिन्द घर्ती

बैषाख २५ । संविधान जारी भएसंगै राजनैतिक अधिकार प्राप्त भएकोले अव आर्थिक क्रान्तिको आवश्यक रहेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले आर्थिक क्रान्ति विना देशले फड्को मार्न नसक्ने भएकाले अवको आन्दोलन आर्थिक क्रान्ति तर्फ उन्मुख हुनु पर्नेमा जोड दिएका छन् । देवदह व्यापार संघको दोश्रो साधारणसभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
सो अवसरमा बोल्दै रुपन्देही क्षेत्र नं १ का सांसद अव्दुल रज्जाकले व्यवसायी संघसंगठनहरु आर्थिक उत्पादन तर्फ लाग्नु पर्नेमा जोड दिए । नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहेका सासद रज्जाकले व्यवसाय संगै देशको विकासमा व्यवसायीहरु लाग्नु पर्नेमा जोड दिए । त्यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठले योजनावद्ध रुपमा काम गरे आर्थिक विकास गर्न सकिनेमा जोड दिए ।
श्रेष्ठले व्यापारिक अधिकार संगै उपभोक्ताहरुको सम्मान गर्नुपर्ने बताए । संघका अध्यक्ष कोष बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष मोतीलाल पाण्डे, नेपाली काग्रेसका महासमिति सदस्य जीवलाल पराजुली, नेकपा एमालेका सचिवालय सदस्य ध्रुव खरेल, क्रान्तिकारी माओवादीका नमराज पुरी, एमालेका क्षेत्रीय अध्यक्ष निलकण्ठ पौडेल, नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, नेकपा एमाले देवदहका अध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने बोलेका थिए ।
त्यसैगरी देवदह उद्योग बाणिज्य संघका उपाध्यक्ष मिना श्रेष्ठ, उद्योग व्यापार संगठनका गणेश कुमार खाती, सैनामैना व्यापार संघका दिपक चालिसे, तिलोत्तमा व्यापार संघका झविन्द्र कडेल, रुद्रमान ढकाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा आजिवन सदस्यलाई प्रमाणपत्र प्रदान, जेष्ठ सदस्यलाई सम्मान तथा राहत वितरण कार्यक्रम समेत गरिएको थियो । संघका प्रथम उपाध्यक्ष ठाकुर गौतमको स्वागत र महासचिव माधव ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %