देवदहमा जेष्ठ नागरिक सम्मान कार्यक्रम

Read Time:2 Minute, 30 Second

गाेबिन्द घर्ती

रुपदेहीको देवदहमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिकाको तेश्रो स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । सो अवसरमा देवदह–१ देखि ११ सम्मका ८० बर्ष माथिका करिव २ सय जेष्ठ नागरिकहरूलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि देवदह नगर विकास समिकिा अध्यक्ष दिल्लीराज मरासिनीले देवदह–८, हिलोटोल निवासी १ सय २ बर्षका जेष्ठ नागरिक भोज बहादुर सार्कीलाई सम्मान गरि उद्घाटन गरेका थिए ।
सामाजिक कार्य अन्तर्गत जेष्ठ नागरिकलाई सम्मान गरिएको देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले बताए । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षता, शाखा अधिकृत गंगा प्रसाद पन्थीका स्वागत र सुरज पोखरेलीको संचालनमा भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यसैगरी देवदह नगरपालिकाको आयोजनामा एक दिने गुनासो व्यवस्थापन र सेवा प्रवाहका सम्वन्धी तालिम सम्पन्न भएको छ । तालिममा देवदह नगरपालिकाका कर्मचारी वडा नागरिक मञ्चका संयोजकहरुको सहभभागिता रहेको थियो ।
तालिमको ईलाका प्रशासन कार्यालका शाखा अधिकृत धु्र्व नेपाल र मालपोत कार्यालय बुटवलका अधिकृत केशव राज भट्टराईले सहजीकरण गरेका थिए ।तालिममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले तालिमको औचित्य वारे प्रकाश पारेका थिए । देवदह नगर विकास समितिका अध्यक्ष दिल्ली राज मरासिनीको अध्यक्षता र शाखा अधिकृत गंगा प्रसाद पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %