मगर संघको अध्यक्ष बने, नबिन रोका मगर

Read Time:8 Minute, 29 Second

देब पचभैया
बैशाख २३ , नारायणगढ चितवन

नेपाल मगर संघको अध्यक्षमा नबिन रोका मगर निर्बाचित हुनुभएको छ ।

निर्बतमान पश्चिमाञ्चल उपाध्यक्ष बालसिंग काउछा र पुर्बान्चल उपाध्यक्ष गंगा बहादुर थापालाई पराजित गर्दे निर्बतमान महासचिब रहेका रोका निर्बाचित हुनुभएको छ । बिहिबार बिहान सम्पन्न मतगणनामा १५० मत प्राप्त गरी रोका निर्बाचित हुनुभएको हो । उहाका प्रतिस्पर्धी काउछाले ८७ र थापाले ३४ मत प्राप्त गरेको निर्बाचन आयोगका संयोजक गौ बहादुर आलेले जानकारी दिनुभयो । चितवनमा सम्पन्न ११ औ महाधिबेशनमा गुरु प्रसाद घर्ती बरिष्ठ उपाध्यक्षमा निर्बाचित हुनुभएको छ । घर्तीले १४७ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्पर्धी हरी बहादुर थापाले ११२ मत पाउनुभएको छ ।

महिला उपाध्यक्षमा गंगा खासु बिजयी हुनुभएको छ । खासुले १८२ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्पर्धी लाल कुमारी रानाले ९१ मत प्राप्त गर्नुभयो । पुर्बाञ्चल उपाध्यक्षमा सिता राना मगर बिजयी हुनुभयो । उहाले १२७ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्पर्धी बिनोद लुंगेलीले १०६ मत प्राप्त गर्नुभयो । मध्यमाञ्चल उपाध्यक्षमा कमल पिठाकोटे मगर बिजयी हुनुभएको छ । उहाले ८४ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्पर्धी साबित्रा रानाले २० मत प्राप्त गर्नुभयो । ।

पश्चिमाञ्चल उपाध्यक्षमा मन्धरी आले बिजयी हुनुभयो । आलेले १३८ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्पर्धी झलक रानाले ११६ मत प्राप्त गनुभयो । निर्बाचनमा मध्य पश्चिमाञ्चल उपाध्यक्षमा निम बहादुर बुढा निर्बाचित हुनभयो । बुढाले ११३ मत पाउनु भयो भने उहाका प्रतिस्पर्धी गणेश सलामीले १०१ मत पाउनुभयो ।

सुदुर पश्चिमाञ्चल उपाध्यक्षमा तेज तरामी मगर निर्बिरोध निर्बाचित हुनुभयो । काईके उपाध्यक्षमा भिम रोकाय निर्बिरोध हुनुभयो । बाह्र मगरात उपाध्यक्ष दल बहादुर बिरकट्टा निर्बाचित हुनुभयो । बिरकट्टाले १२३ मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्पर्धी पिताम्बर सारुले ७८ मत प्राप्त गुर्नभयो । १८ मगरात उपाध्यक्षमा पुर्ण बहादुर घर्ती मगर निर्बिरोध हुनुभयो ।

महाधिबेशनमा ज्ञानेन्द्र पुन १४१ मतका साथ महासचिबमा बिजयी हुनभएको छ । निबर्तमा संगठन सचिब समेत रहनुभएका पुनका प्रतिस्पर्धी संचार सचिब रहेका माधब कुमार दलार्मीले १२७ मत प्राप्त गर्नुभयो । सचिबमा रेनुका काउचा बिजयी हुनुभयो । काउचाले १३० मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्पर्धी तेजेन्द्र थापाले ९३ मत प्राप्त गर्नुभयो | संगठन सचिबमा जगत रेश्मी बिजयी हुनुभयो । रेश्मीले १३४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी हरी पाटाले १२२ मत पाउनुभयो ।

संचार सचिबमा खडक बुढा मगर बिजयी हुनुभयो । उहाका प्रतिस्पर्धी देबी श्रीसले पनि बारबर १३० मत प्राप्त गरेपछि गोला प्रथाबाट बुढा बिजयी हुनुभएको हो । महाधिबेशनमा बिदेश सचिबमा रक्षा बहादुर रैका बिजयी हुनुभयो । रैकाले १५० मत प्राप्त गर्नुभयो भने उहाका प्रतिस्पर्धी हुम बहादुर थापाले ११४ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्ष कमला थापा बिजयी हुनुभयो । थापाको १२२ मत र उहाका प्रतिस्पर्धी पद्मा आलेले ११६ मत प्राप्त गर्नुभयो । ५ जना प्रतिस्पर्धी मध्ये लुम्बिनि अंचल बाट लिला मास्की राना (नवलपरासी ) धन बहादुर पुन (कपिलबस्तु ) र हिरा सिं रास्कोटी .( गुल्मी ) बिजयी भएका छन् । लुम्बिनि अंचलको ६ जिल्लामा २६ मत खसेको थियो ।

मगर संघको नेतृत्वका लागी भिडेका ३ प्रतिस्पर्धी मध्ये बालसिंह काउछा र नबिन रोका प्यानल बनाएर भिडेका थिए भने गंगा थापा स्वतन्त्र उम्मेद्धारको रुपमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।

अध्यक्षमा उम्मेद्धारी दर्ता गराएका निर्बतमान बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती र पुर्ब उपाध्यक्ष बम कुमारी बुढाले अन्तिम समयमा उम्मेद्धारी फिर्ता लिएपछि काग्रेस एमाले प्यानल बाट काउछा र माओबादी, जनमुतिm, संघिय समाजबादी बाट नविनको प्यानल बिच प्रतिस्पर्धा भएको हो ।

नबिन रोकाको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा हरी बहादुर थापा, महिला उपाध्यक्षमा गंगा खासु, पूर्बाञ्चल उपाध्यक्षमा बिनोद लुंगेली, मध्यमाञ्चल उपाध्यक्षमा कमल पिठाकोटे, पश्चिमाञ्चल उपाध्यक्षमा मनधरी आले, मध्यपश्चिम उपाध्यक्षमा गणेश सलामी, सूदुर पश्चिमाञ्चल उपाध्यक्षमा तेज तरामी, भाषिक काईके उपाध्यक्षमा भिम रोकाया, बाह्र उपाध्यक्षमा दल बहादुर बिरकट्टा, अठार उपाध्यक्षमा पूर्ण घर्ती मगर, महासचिब माधब दर्लामी, सचिब तेजेन्द्र बहादुर थापा, संगठन सचिबमा जगत बहादुर रेश्मी मगर, संचार सचिबमा चन्द्र श्रीस, बिदेश सचिबमा हृुम बहादुर थापा (पचभैया ) र कोषाध्यक्षमा कमला थापा प्रतिस्पर्धामा थिए ।

बालकृष्ण काउछाको प्यानलमा बरिष्ठ उपाध्यक्षमा गुरु प्रसाद घर्ती, महिला उपाध्यक्षमा लाल कुमारी राना, पूर्बाञ्चल उपाध्यक्षमा सिता राना , मध्यमाञ्चल उपाध्यक्षमा चित्र बहादुर लुंगेली, पश्चिमाञ्चल उपाध्यक्षमा झलक राना , मध्यपश्चिम उपाध्यक्षमा निम बहादुर राना , भाषिक, काईके उपाध्यक्षमा भिम रोका मगर, १८ मगरात, उपाध्यक्ष सितलाल पुन मगर, बाह्र मगरात उपाध्यक्ष पिताम्बर सारु , महासचिब ज्ञानेन्द्र पुन, सचिब रेनुका काउचा , संगठन सचिबमा हरी पाटा मगर, प्रचार सचिबमा देबी श्रीस , बिदेश सचिबमा रक्षा बहादुर रैका, कोषाध्यक्षमा पद्मा आले प्रतिस्पर्धामा थिए ।

निर्बाचनमा रोकाको समुहले पहिचान पक्षधरको नारा समेत लगाएतका थिए । महाधिबेशनको बन्द शत्रले बिधान परिबर्तन गरेपछि अध्यक्ष बाहेक सबै पदमा कुनै पनि प्रतिनिधि निर्बाचनमा भिड्न पाउने ब्यवस्था गरेको थियो । नेपाल मगर संघको ११ औ महाधिबेशनको १८ गते शनिबार सभामुख ओनसरी घर्तीले उद्घाटन गर्नुभएको थियो ।

मगर मिडिया ड्ट कम बाट 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %