नेपाल मगर संघ जापानको सांगीतिक कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 27 Second

राज्यसत्ता

 वैषाख,२३-नेपाल मगर संघ जापानको आयोजनामा गोल्डेन विक साँगीतिक रमझम २०१६ जापानको टोयोटा शहरमा सब्य तथा भव्यरुपले सम्पन्न भएको छ । कार्यक्रमको लागि नेपालबाट आमन्त्रित चर्चित  हाँस्यकलाकार निर आले मगरले पेट मिचीमिची हँसाएका थिए भने पपस्टार मविन्द्र राईले पप गीतबाट दर्शकलाई भरपुर झुमाए साथै चर्चित लोक दोहोरी गायिका तथा उद्घोषिका रुपा जि एमले आफ्नो लोकगित तथा सालैजो भाकाले दर्शक तथा अथितीहरुलाई नचाएर माहोललाई बिशेष रमाइलो गराउन सफल भइन् । साथै जापानमै रहेका कलाकारहरु भुवन सिं थापा, मनु थापा, सरोज लामा, राजीव लामा, श्याम सितलको गायन प्रस्तुतीहरु तथा नेपाल मगर संघ जापानमै आबद्द कलाकारहरुले कौडा तथा सालैजोको नृत्यले माहौलमा अझै रौनक थपिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघका जापानका सह अध्यक्ष श्री कान्छा शेर्पा र नेपाल मगर संघ जापानको अध्यक्ष श्री गंगा घर्ती मगरको सभापतित्वमा रहेको उक्त कार्यक्रममा विशेष अतिथिमा एन आर एन जापानका पुर्व अध्यक्ष पारस मणि पोख्रेल तथा आदिवासी जनजाती महासंघ जापानका पुर्व अध्यक्ष मन बहादुर पुन मगर रहेका थिए । विभिन्न संघ संस्थाका अतिथी प्रतिनिधिहरुको उपस्तिथीमा नेपाल मगर संघ संघ जापानको महासचिव धन शेर्पुर्जा मगरले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो भने सांगीतिक कार्यक्रम रुपलाल बुढा मगरले संचालन गरेका थिए ।

यस कार्यक्रमको संयोजकको भूमिका भने नेपाल मगर संघ जापानका पुर्व अध्यक्ष दिलीप राना मगरले गर्नु भएको थियो ।

फोटो फिचरर निशान राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %