पेलाकोट चोकमा अागलागि पिडितलाइ राहत वितरण

Read Time:4 Minute, 13 Second

विनोद रखाली मगर

गल्याङ, बैशाख २०

स्याङजाको पेलाकोट गाविस वडा न ७ स्थीत चोक गाँउमा वैशाख १८ गते आधिँखोलाको किनार देखी मध्यानको समयमा सल्कीएको आगलागीले १५ घर र १९ गोठ पुर्ण रुपले नष्ट भएको छ । आगो चारै तिरदेखी घेरीएकाले विरडाँडा, वाँसडाँडा, चोक गाँउमा प्रवेश गरेको थियो । पछिल्लो जानकारी अनुशार भिषण आगलागीका कारण टेक वहादुर पुलामी मगर, हुम वहादुर पुलामी मगर, विर वहादुर सिङ्जाली मगर, कविराज थापा मगर, गोविन्द वराल, नेम वहादुर जि.टी शेर वहादुर थापा मगर, कृष्ण थापा मगर, सावित्री वराल, हरी वहादुर जी.टी., झोवलाल जि.टी. ठाकुर, टुकराज जि.टी., जंग वहादुर थापा मगर, रामचन्द्र पाठक, वल वहादुर सिङ्जाली मगरको घर सहित गोठ पूर्णरुपमा नष्ट भएको छ ।
यसै विच आगलागी देखी विस्थापित हुन पुगेका परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला विकाश समिति स्याङ्जाले तत्काल न्यूनतम नगद राहत स्वरुप क्रमश रु ५०००, र रु २००० प्रत्येक पिडीत घर परिवारलाई हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्थ, जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक देव वहादुर वोगटी, सभाषद् मुक्ति प्रसाद पाठक, वडा प्रहरी कार्यालय वालीङ्का प्रमुख प्रहरी निरीक्षक उत्तम प्रकाश वराल लगाएतको उपस्थिती रहेको थियो ।
यता नेपाल रेडक्रससोसाइटी स्याङ्जा शाखाले लत्ताकपडा, कम्वल, त्रिपाल लगाएत केही भाडाँकुडाँका थानहरु प्रत्येक परिवारलाई हस्तान्तरण गरेको छ । यसै विच सोमवारकै दिन व्रह्म कुमारी इश्वरीय विश्वविद्यालय गल्याङ् शाखाले करिव नगद रु २१ हजार, लत्ताकपडा, खाद्यान्नका सामग्रीहरु एकमुष्ट रुपमा हस्तान्तरण गरेको छ । रेडक्रस जिल्ला शाखा स्याङ्जाका सभापति भुवन प्रसाद पौडेलको उपस्थितीमा उक्त राहत वितरण गरिएको हो । यता तत्काल राहत सङ्कलन र वितरण तथा व्यवस्थापनका लागी पेलाकोट चोकमा ठाकुर पाठकको सयोंजकत्वमा ९ सदस्यीय दैवि प्रकोप उद्धार समिति गठन गरीएको छ ।
समितिका अनुशार आइतवार पेलाकोट गाविस कार्यालय, वालिङ् वोलवम , नवयुग वचत तथा ऋण सहकारी सस्ंथा गल्याङ् मार्फत खाद्यान्नका सामग्री झण्डै १ क्यीन्टल चामल, नुन, तेल, चिउरा लगाएत अन्य खाद्यान्नका सामग्री हस्तान्तरण गरीएको पेलाकोट गाविसका सचिव डोलराज वस्यालले जानकारी दिए । यता गल्याङ्मा रहेको गल्याङ् युथले पिउने पानी लगाएत आगो नियन्त्रणमा खटिएका सुरक्षाकर्मीहरुका लागी खाजाको व्यवस्था गरेको थियो ।
दुई दिन सम्मको निरन्तर आगोले वस्तीनै अति जोखिममा परेको थियो । आगलागी नियन्त्रणका लागी स्थानीय, प्रहरी चौकी गल्याङ्, वडा प्रहरी कार्यालय वालीङ् ससस्त्र प्रहरी, गल्याङ् युथ लगाएतको समुह उल्लेख्य मात्रामा परिचालन गरीएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %