रूद्र श्रीसमगर
पोखरा, १७ वैशाख
मिलन फाउण्डेशन नेपालले नेपाल बसाइँका क्रममा आफ्नो छुट्टी मनाएर हङकङ फर्कन लागेका आफ्ना संरक्षक दुर्गा गुरुङ ‘मिलन’लाई एक कार्यक्रम बीच बिदाइ गरेको छ ।
मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष समेत रहेका गुरुङलाई फाउण्डेशनका पदाधिकारी एवं कार्यसमिति सदस्यहरूले फेटा, खादा र फूलमाला तथा अबिर लगाएर बिदाइ गरेका थिए । बिदाइका अवसरमा बोल्दै गुरुङले छोटै भएपनि आफ्नो नेपाल बसाइँ उपलब्धी पूर्ण भएको बताए । फाउण्डेशनका गतिविधिलाई निरन्तरता दिन आग्रह गर्दै गुरुङले आफूलाई सम्मानपूर्वक बिदाइ गरेकोमा फाउण्डेशनका पदाधिकारी एवं सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
आफ्नै पहलमा स्थापित मिलन फाउण्डेशन नेपाल मार्फत् नेपालको ग्रामीण क्षेत्रमा शिक्षा एवं स्वास्थ्य क्षेत्रमा व्यक्तिगत रूपमा सहयोग गर्दै आउनुभएका समाजसेवी गुरुङले हङकङमा रहेर पनि थुप्रै संघसंस्था मार्फत् समाज सेवामा क्रियाशील रहँदै आएका छन ।
