सरनवारीमा निर्माण गरेको संरचना भत्काईएको प्रति राजनैतिक दलहरुले घोर भर्सना गरेका छन्

Read Time:3 Minute, 15 Second

गोबिन्द घर्ती

बैषाख १५ । जिल्ला वन कार्यालय रुपन्देहीले देवदह–७, सरनवारीमा निर्माण गरेको संरचना भत्काईएको प्रति राजनैतिक दलहरुले घोर भर्सना गरेका छन् । सरनवारीको जग्गा अहिले पनि पाल्पा जिल्लाको लगतमा रहेको र सर्वोच्च अदालमा मुद्दा विचारधिन रहेको अवस्थामा जिल्ला वन कार्यालय रुपन्देहीले डोजर प्रयोग गरी संरचना भत्काईएको प्रति देवदहमा क्रियाशिल राजनैतिक दलहरुले एक विज्ञप्ती प्रकाशित गरी घोर भर्सना गरेका हुन् ।
केही समय अगाडि उक्त जग्गाको विवाद बढेको र मुद्दा सर्वोच्च अदालतमा रहेको अवस्थामा जिल्ला वन कार्यालयले विना जानकारी संरचना भत्काईएको प्रति आफुहरुको गंभीर ध्यानकर्षण भएको विज्ञप्तीमा जनाईको छ । वाल कृष्ण अर्यालले देवदह नगरपालिकाबाट सुविधा समेत लिई भोगचलन गरेको जग्गामा ७ वटा संरचना निर्माण गरिएको र उक्त संरचना जिल्ला वन कार्यालयले भत्काएको प्रति राजनैतिक दलहरुले गंभीर आपत्ति जनाएको छ । यस्ता क्रियाकलापले आम जनता त्रसित रहेको र जिल्ला वन कार्यालयले आतंक मच्चाउने काम गरेको विज्ञप्तीमा जनाईएको छ ।
नेपाली काग्रेसका सभापति गुणखर भूर्तेल, एमालेका अध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, एमाओवादीका अध्यक्ष कृष्ण ढकाल, राप्रपाका ताराप्रसाद लुईटेल, नेकपा क्रान्तिकारी माओवादीका ऋषिराम लामिछाने, संघीय जनमुक्ति पार्टीका डम्वबहादुर थापा, राप्रपा नेपालका ऋषिराम रेग्मी, नेकपा माओवादीका कल्पना सुवेदीले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा आम नेपालीको वाच्न पाउने अधिकार माथि खेलवाड गर्न नहुनेमा जोड दिईएको छ । उता जिल्ला वन कार्यालय रुपन्देहीका अधिकृत ईन्द्र पछाईले वन ऐन भन्दा वाहिर गएर अवैध रुपमा निर्माण गरिएका कारण भत्काउनु परेको बताएका छन । पुनरावेदन अदालतले जिल्ला वन कार्यालयको फैसलालाई सदर गर्दै उक्त जग्गामा निर्माण गरिएका भौतिक संरचना खारेज गर्ने भएको आदेश अनुसार उक्त कार्य गरेको अधिकृत पछाईले बताए ।
पुनरावेदन अदालतले तोकेको जरिमान नतिरी भागिरहेको र सम्पूर्ण निकायलबाट अवैध ठहर भएकोले जिल्ला वन कार्यालयले भत्काएको अकिृत पछाईले बताएका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %