म सम्पूर्ण मगरहरुको साझा उम्मेदवार हुँ : नवीन रोकामगर

Read Time:13 Minute, 53 Second

लामो समयदेखि मगर समुदायको सामाजिक, सांस्कृतिक, भाषिक, राजनीतिक उत्थान र विकासमा लागिरहेका व्यक्तिको नाम हो नवीन रोकामगर

म सम्पूर्ण मगरहरुको साझा उम्मेदवार हुँ : नवीन रोकामगर

समुदायको अधिकार र पहिचान लडेरै मात्र प्राप्त हुने विचार राख्दै आएका रोका नेपाल मगर विद्यार्थी संघको आर.आर. क्याम्पस काठमाडौंमा सदस्य हुँदै सामाजिक संस्थामा प्रवेश गरेका थिए । रोल्पाको उवा—५ स्थायी घर भएको रोका रोल्पा–काठमाठौं सम्पर्क मञ्चको अध्यक्ष भएर दुई कार्याकाल काम गरे । नेपाल मगर सांस्कृतिक कलाकार संघको केन्द्रीय सचिव, नेपाल मगर संघको केन्द्रीय उपाध्यक्ष हुँदै हाल महासचिव छन् ।

मगर समुदायको साझा संस्थाको रुपमा रहेको नेपाल मगर संघको यही बैशाख १८ देखि २२ गतेसम्म चितवनमा ११औं महाधिवेशन हुँदैछ । उक्त महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका नवीन रोकामगरसँग महाधिवेशन र उम्मेदवारीबारे esamata का लागि अर्जुन जम्नेलीले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत छ :


 

 

अधिवेशन तयारी कस्तो भइरहेको छ <

अन्तिम अवस्थामा पुगेको छ ।

सम्मेलनमा प्रतिनिधि कति, कहाँकहाँबाट आउँछन्  उद्घाटनमा को को आउँछन् ?

नेपालको ६८ जिल्ला, ६ वटा भातृ संगठन र १२ वटा विदेश शाखाबाट पाँच पाँच जनाको दरले प्रतिनिधि आउने निश्चित भएको छ । आजीवन सदस्यहरुबाट पनि प्रतिनिधिहरु आउँछन् । १८ गते सभामुख ओनसरी घर्तिमगरको प्रमुख आतिथ्यमा विशाल जनसभासहित उद्घाटन हुँदैछ ।

कुनै पनि बेला हिजो खोसिएका राज्य फिर्ता गर्न सक्छन् भन्ने षड्यन्त्रको साथ मगरहरुलाई एकै ठाउँ बस्न दिनु हुँदैन भनेर मगरात भूमिलाई तीन खण्डमा विभाजित गरेको हामीले बुझेका छौं । विभाजन गर्नु भनेको शासकहरु डराउनु हो ।

महाधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्नुभयो । तपाईंंको उम्मेदवारी केका लागि <

मगर संघ पहिला भाषिक, सांस्कृतिक, धार्मिक मुद्दामा सीमित थियो । अहिले मगरात स्वायत्त राज्यको माग उठिरहेको छ । घोषित ‘जाली’ संविधानले समेत मगरलगायत उत्पीडित आदिवासी जनजाति, क्षेत्र र महिलाहरुको अधिकार सुनिश्चित नगरेको अवस्था हो । त्यसमाथि पनि मगर समुदायको ऐतिहासिक मगरात भूमिलाई तीन चिरामा छिन्नभिन्न बनाएको छ । त्यसमा हाम्रो विल्कुल असहमति छ । हाम्रो भूमिलाई तीन चिरा पार्नु भनेको मगरलाई सिद्ध्याउनु हो । मगरका भाषिक, सांस्कृतिक, धार्मिक र राजनीतिक ऐतिहासिक पहिचानलाई मेटाउनु हो । त्यो भनेको इतिहास नामेट पार्नु हो । त्यसकारण तीन चिरा पारेको मगरात भूमिलाई एकीकृत मगरातको लागि लड्ने मेरो एउटा मुद्दा हो । हिजोदेखि आजसम्म मगरातको लागि अग्रपंक्तिमा लाग्ने मान्छेहरुमध्ये एउटा नवीन रोका पनि हो ।

दोस्रो मगर समुदायलाई आर्थिक, राजनीतिक समृद्धी र रुपान्तरणको लागि हो । तेस्रो कुरा, मान्छे स्वभावैले चेतनाले विकास हुने गर्छ । चेतनाले रुपान्तरण गर्छ । चेतनाको श्रोत भनेको शिक्षा हो । मातृभाषाका शिक्षाको व्यवस्था नभएको कारण शिक्षा लिनबाट ओझेलमा पर्दै आएको छ मगर समुदाय । शैक्षिक विकासको लागि पनि, भाषिक, सांस्कृतिक विकास र अधिकारको लागि पनि, मगरहरुलाई राज्यको हरेक अंगहरुमा समानुपातिक सहभागिता र मगरात राज्य प्राप्तिको आन्दोलन माथि उठाउनको लागि मेरो उम्मेदवारी हो ।

अध्यक्ष पदका उम्मेदवारहरुबीच आर्थिक चलखेल भइरहेको भन्ने आइरहेको छ । हो <

राज्य, समाज नै त्यसैमा चलिरहेको छ । जनताको चेतना जुन ढंगले उठाइदिनुपर्ने हो त्यो भएन । जब मान्छेको चेतना कमजोर हुन्छ तब बस्तुले मान्छेलाई किन्ने, बस्तुले मान्छेलाई बिगार्ने हुन्छ । मगर संघ महाधिवेशनको बारेमा पनि आर्थिक चलखेल भइरहेको भन्ने कता—कता सुन्नमा आएको छ ।

मजस्ता पहिचानवादी उम्मेदवारको विरुद्धमा पहिचानविरोधीहरुले साम, दाम, दण्ड, भेद प्रयोग गर्ने क्रममा ठूलो आर्थिक चलखेल हुँदैछ है भन्ने मैले पनि सुनेको छु । तर, मलाई के लाग्छ भने अहिलेको ११औं महाधिवेशनमा आउने प्रतिनिधि, पर्यवेक्षकहरु हिजोको भन्दा फरक चेतनाका छन् । हिजोको भन्दा परक स्तरका छन् । त्यसकारण उनीहरुले मुद्दालाई हेर्नेछन् । विचारलाई हेर्नेछन् । र उम्मेदवारको इमान्दारीता, क्षमता, इतिहास र योगदानलाई हेर्नेछन् । सही मान्छेलाई भोट दिनेछन् । त्यो सही मान्छे नवीन रोकमगर नै हुनेछ भन्नेमा ढुक्क छु ।

तपाईंले चाहिँ कति खर्च गर्दै हुनुहुन्छ <

मेरो त खर्च गर्ने पैसाको हुँदैन । मेरो खर्च विचार, मुद्दा र बलिदानको हुन्छ । पैसाले प्रतिनिधि किन्ने कुरामा म विल्कुल सहमत छैन ।

एकापट्टि मगरात आन्दोलन र अर्कोपटि सिङ्गो पहिचानवादी आन्दोलन अगाडि बढाउने छौं । त्यहाँभित्रको राजनीतिक, सामाजिक, व्यवसायी सवैसँग मिलेर आन्दोलन चल्छ । मुद्दा मिल्ने सवैसँग मिलेर राष्ट्रव्यापी रुपमा संयुक्त आन्दोलन गर्छौं ।

एघारौं महाधिवेशनको मुख्य एजेन्डा के के हुनेछ <

यो अधिवेशनको खासगरी दुई वटा ऐजेन्डाहरु छन् । अहिलेको संविधानले तीन टुक्रामा पारेको मगरात भूमिलाई अधिकारसहितको एकीकृत स्वायत्त मगरात निर्माणमा लाग्ने हो । दोस्रो, सामाजिक रुपान्तरण र आर्थिक समृद्धि हुनेछ । राजनीतिक अधिकारसँगसँगै सामाजिक रुपान्तरण हुनुपर्छ । सामाजिक र राजनीतिक परिवर्तन भयो भने पनि आर्थिक समृद्धिको पनि उत्तिकै आवश्यक छ । त्यसकारण दुईवटा मुद्दालाई मुख्य एजेन्डा बनाएका हौं ।

मगरात आन्दोलन अब कसरी अघि बढ्छ <

शासकहरु वा सिंहदरबारका मालिकहरुले मागेर अधिकार दिने छैनन् । संसारमा मागेर जनताले अधिकार कसैले पाएका इतिहास भेटेको छैन । जनताको न्यायपूर्ण अधिकारको लागि डलेर हारेको इतिहास पनि पाइएको छैन । त्यसो भएको कारणले ११औं महाधिवेशनपश्चात् माटोको लागि लड्ने छौं । संविधानले हाम्रो माटोलाई चिरेको छ । त्यसलाई सच्याउनको लागि लडिनेछ । दोस्रो कुरा, वर्तमान संविधानले भाषिक, सांस्कृतिक, सामाजिक रुपले सहभागिता गराउन सक्दैन । एकापट्टि मगरात आन्दोलन र अर्कोपटि सिङ्गो पहिचानवादी आन्दोलन अगाडि बढाउने छौं । त्यहाँभित्रको राजनीतिक, सामाजिक, व्यवसायी सवैसँग मिलेर आन्दोलन चल्छ । मुद्दा मिल्ने सवैसँग मिलेर राष्ट्रव्यापी रुपमा संयुक्त आन्दोलन गर्छौं ।

मगरात त नयाँ कुरा हो नि, माओवादी जनयुद्धपछि उठेको होइन र ? इतिहासलाई हेर्ने हो भने नेपाल भन्ने देशको प्राचीन नाम मगरात हो । भारत, तिब्बत मगरातभित्र पर्थ्यो । पछि नेपालमा रुपान्तरण भएको पाइन्छ । नेपाल भन्ने वर्तमान देशको अभ्यास मगरातबाट सुरु भएको हो । वर्तमान शासक जातिहरुले पहिले मगरातबाट सत्ता हत्याएका हुन् । राज्य खोसेका हुन् । पृथ्वीनारायण शाहदेखि अहिलेसम्म किन मगर र मगरातलाई लगातार प्रहार भइरहेको छ । कुनै पनि बेला हिजो खोसिएका राज्य फिर्ता गर्न सक्छन् भन्ने षड्यन्त्रको साथ मगरहरुलाई एकै ठाउँ बस्न दिनु हुँदैन भनेर मगरात भूमिलाई तीन खण्डमा विभाजित गरेको हामीले बुझेका छौं । विभाजन गर्नु भनेको शासकहरु डराउनु हो ।

जनयुद्धमा लडेर पछि किन माओवादी छाड्नुभयो <

राजतन्त्रलाई परास्त गरेर गणतन्त्र स्थापित गरेको माओवादी युद्धले नै हो । जनयुद्धको जगमा टेकेर भएको १९ दिने जनआन्दोलनले गणतन्त्र ल्यायो । माओवादी आन्दोलनकै छालले जनतामा पहिचानको आन्दोलन गर्ने चेतनाको विकास भएको हो ।

पहिचानको मुद्दा माओवादीले नै उठाएको हो । तर, उठाउनु मात्र ठूलो कुरा होइन इमान, जमानको साथ सही ठाउमा पुर्‍याउनु ठूलो कुरा हो । पछिल्लो समयमा माओवादीका नेताहरु र पार्टी मुद्दाबाट विचलनमा आयो । त्यहाँ विचलन आएपछि हामीले पार्टी छाडेका हौं ।

पहिचानको मुद्दा माओवादीले नै उठाएको हो । तर, उठाउनु मात्र ठूलो कुरा होइन इमान, जमानको साथ सही ठाउमा पुर्‍याउनु ठूलो कुरा हो । पछिल्लो समयमा माओवादीका नेताहरु र पार्टी मुद्दाबाट विचलनमा आयो । त्याहा विचलन आएपछि हामीले पार्टी छाडेका हौं । मुद्दा रहेसम्म बसियो । त्यो पार्टीमा मुद्दाले बिदा लिएपछि हामीले पनि पार्टीबाट बिदा लिएका हौं ।

ढोरपाटन शिकार आरक्षमा सेना राख्ने सरकारी निर्णयको स्थानीय जनताबाट विरोध भइरहको छ । यहाँले जित्नुभयो भने यो विषय कसरी अघि बढ्नुहुन्छ <

मैले जिते पनि नजिते पनि ढोरपाटन मगरातभित्रको भूमि हो । सारा मिडियाबाट भन्दै आएको छु कि सत्ताधारीहरुले मगरात भूमिलाई तीन चिरा पारेर नपुगेर अझ भूमि कब्जा गरिरहन सेनाको ब्यारेक पठाउने निर्णय गरेका हुन् । सेना लगेर मगर लगायतका जनतालाई उठिबास गर्ने काम भइरहेको छ । त्यहाँ जनताले विरोध जनाइरहेका छन् । सरकार जवरजस्ति गरिरहेको छ । यो नेपालको लागि राम्रो संकेत होइन ।

यो विषयलाई सरकारले गम्भीर रुपमा नलिने र जनताको मागलाई सम्बोधन नगर्ने हो भने शक्तिको बलमा जवरजस्त सेना पठाएर थिचोमिचो र भूमि हडप्ने काम नछोड्ने हो, भने जनताले साधारणदेखि फौजी आन्दोलनसम्मको विकास गर्न सक्छ । किनकी मगरात आन्दोलन अझै पनि फौजी आन्दोलनको रापतापमा बाँचिरहेको छ ।

पहिचानको आन्दोलन अघि बढिरहेको बेला सरकारले आगोमा घ्यू थप्ने काम गरिरहेको छ । सरकारले गम्भीर रुपमा लिएर मागको सम्बोधन गरेन भने यो आन्दोलनको नेतृत्व लिन अघि सर्छु ।

अन्तमा केही छ <

मगर संघको अध्यक्ष पदको प्रतिस्पर्धा कुनै व्यक्तिलाई जिताउने र हराउने प्रतिस्पर्धा होइन । यो राज्यद्वारा अधिकार, पहिचान खोसिएका मान्छेहरु र शासकबीचको लडाइँ हो । म पहिचान र अधिकारको पक्षमा लड्ने प्रतिनिधिको रुपमा अघि बढेको छु । हाम्रो संघर्ष व्यक्ति र जाति विशेषसँग होइन ।

साभार : इसमता डट कम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %