केहर सिं थापा मगर
रुपन्देही,वैशाख १५– ज्ञानबहादुर सलामीको अध्यक्षतामा ९ सदस्यि नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ रुपन्दही गठन भएको छ ।
उपाध्यक्षमा श्यामकला सतुगे मगर,सचिवमा ओमबहादुर थापा मगर,सह सचिवमा सरिता थापा मगर,कोषाध्यक्षमा डमरबहादुर पुन मगर चयन हुनु भएको छ ।
त्यस्तै सदस्यहरुमा डमरबहादुर थापा मगर,सन्तबहादुर थापा मगर,प्रेमबहादुर थापा मगर र रुमबहादुर फौजा मगर चयन हुनु भएको छ ।
आगामी जिल्ला भेलाले सवै क्षेत्रलाई समेट्ने गरी १५ सदस्यी जिल्ला समिति निमार्ण गर्ने तय गरेको छ । केन्द्रीय महासचिव दलबहादुर विर्कट्टा मगरको विशेष उपस्थितिमा केन्द्रिय सदस्य गमबहादुर पुन मगरको संयोजकमा कार्यक्रम सम्पन्न भएको थियो ।

फोटो:कमला थापाको फेसवुक बाट
