मुलुकको गरिवी न्यूनिकरण गर्न सहकारीले अह्म भूमिका खेलेको : सांसद अव्दुल रज्जाकल

Read Time:2 Minute, 57 Second

गोविन्द घर्ती मगर

बैषाख,१३ – मुलुकको गरिवी न्यूनिकरण गर्न सहकारीले अह्म भूमिका खेलेको सांसद अव्दुल रज्जाकले बताउनु भएको छ । उहाले मुलुह सुहाउदो आर्थिक नीति अवलम्वन गर्नु पर्ने भन्दै परनिर्भरता त्यागी आत्मनिर्भर वन्नु पर्नेमा जोड दिनु भयो । कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहद्धारा आयोजित ३ महिने बुटिक तालिमको समापन गर्दै सासंद रज्जाकले उक्त कुरा बताउनु भएको हो ।

नेपाली काग्रेस रुपन्देहीका सभापति समेत रहनु भएका सांसद रज्जाकले आफनै देशको उत्पादनबाट आत्मनिर्भर बन्न सिप सिक्नु पर्नेमा जोड दिनु भयो । उहाले आत्मनिर्भर बनाउन राज्यले विशेष पहल गर्नुपर्ने भन्दै सिप सिकेर व्यवासीक तर्फ लाग्नु पर्नेमा जोड दिनु भयो । सहकारीको अवधारणा नेपाली काग्रेसका नेता विपि कोईराला ल्याएको बताउदै सहकारीलाई राज्यले सकारात्मक दृष्टिकोले हेनुपर्ने बताउनु भया ।

व्यावसायीक तथा विकास तालिम केन्द्र बुटवल, कृष्टिल एण्ड कृष्टल ईन्टरनेशनलको सहकारीमा सहकारीले ३ महिने बुटिक तालिम देवदहमा संचालन गरेको थियो । कोलिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायीक तथा विकास तालिम केन्द्रका प्रमुख वालकृष्ण पौडेल, सहकारी डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र घिमिरे, सहकारीका संस्थापक सल्लाहकार तुल्सीराम शर्मा, नेपाली काग्रेसका क्षेत्रीय सभापति हिराबहादु खत्री, संस्थाका सल्लाहकार जीवलाल पराजुली, ठाकुर घिमिरे तथा सहभागीको तर्फबाट लक्ष्मी रेग्मी लगायतले बोल्दै सिकेका ज्ञान र सिपलाई व्यवहारमा उर्तान सकेमात्र तालिमको औचित्य हुने बताएका थिए ।

देवदह क्षेत्रका करिव २५ जना महिलाहरुको सहभागिता रहेको तालिमको सहजीकरण लक्ष्मी पाण्डेले गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष भिमप्रसाद गुरुङ्गको स्वागत र सचिव खेमानन्द ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %