यम कुमार वाईबा
हेटौंडा, बैशाख १४
मकवानपुरगढी गाविसमा मगर समुदायको पहिचान तथा अधिकारका बारेमा एकदिवसीय प्रशिक्षनात्मक गोष्ठी सम्पन्न भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरगढी गाउ समन्वय परिषद को आयोजना तथा गाउ विकास समितिको आर्थिक सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका सल्लाहाकार मधुकर सिं गलामीमगरले मगर जातिको भाषा, धर्म, संस्कृति लगायत पहिचान तथा जागरण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । गढी गाउ समन्व परिषद्का अध्यक्ष नवराज पुलामी मगरको सभाध्यक्षता एवम् गलामी मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा मगर संघ मकवानपुरका सदस्य उपेन्द्र थापामगर, नेपाली कांग्रेसका प्रतिनिधि विष्णुप्रसाद धमला, एमालेका चन्द्रबहादुर आलेमगर, एमाओवादी प्रतिनिधि कृष्णप्रसाद पूडासैनी, संघीय गणतान्त्रिकका चतुरमान घलान, गढी ३ वडा नागरिक मञ्च संयोजक गंगा बहादुर थापामगर, वडा नागरिक मञ्च ४ नम्बरका सदस्य रामप्रसाद कंडेल, सौजन्य युवा क्लब गढी ४ का अध्यक्ष हिराबहादुर स्याङ्तान, गढी युवा क्लबका सचिव सन्दिप पुलामीमगर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउ समन्वय परिषद्का सदस्य विष्णुबहादुर थिङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने परिषद् सदस्य सन्देश तुम्सीङ मगरले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
