वन जंगलमा डढेलोको प्रकोप बढेको छ

Read Time:5 Minute, 27 Second

गोविन्द घर्ती

 वैशाख,१२ – देवदह लामो समयको खडेरी डढेलोको तथा प्रचण्ड गर्मीका कारण सुख्खापन बढे सँगै वन जंगलमा डढेलोको प्रकोप बढेको छ । डढेलोका कारण राष्ट्रिय वन,सामुदायिक वन तथा साझेदारी वन प्रभावित भएका छन् । विगतका वर्षहरुमा भन्दा यस वर्ष वन क्षेत्रमा आगलागीको मात्रामा वृद्धि भएको छ । वन कर्मचारी,सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता, सेना,प्रहरी र सर्वसाधारणको सक्रियताका वावजुद पनि यस वर्ष सुरक्षित मानिएको क्षेत्रहरुमा समेत आगलागी भएको हो । देशै भरीका आगलागीको तथ्याङ्क भयावह  रहेको पाईएको छ ।

मानिसमा भएको जनचेतनाको कमी,वन्यजन्तुलाई जंगलबाट धपाउने शिकारीहरुको कुत्सीत मनसाय,जंगलमा घाँस तथा च्याउ पलाउँछ भन्ने भ्रमका कारण वनजंगलमा आगलागी हुने गरेको ईलाका वन कार्यालय शंकरनगरका सहायक वन अधिकृत गिरीप्रसाद गैह्रेले बताउनु भयो । गैह्रे भन्नुहुन्छ–“सुख्खापन बढेको समयमा लागेको आगो नियन्त्रण गर्न कठिन भएको छ । ” खास गरी वनमारा झारको प्रकोप बढेको क्षेत्रमा आगो वेगसँग पैmलिएको पाईएको छ । सुखापनका कारण पात,पतिङ्गर, रुख विरुवा मात्र होईन माटो समेत जलेको छ ।

उपभोक्ताहरुले जंगलमा लागेको आगो निभाउन पम्पीङसेट समेत चलाएर पानीको व्यवस्थापन गरेका छन् । तर जतिसुकै प्रयास र प्रयत्न गरे पनि आगलागी नियन्त्रण भने हुन सकेको छैन । यसरी भएको आगलागीका कारण वनजंगलमा वस्ने जिवजन्तु तथा त्यहाँको जैविक विविधतामा ठुलो क्षति पुगेको छ । खास गरी जंगललाई वासस्थान बनाएर बसेका जीवजन्तु र चराचुरुङीको वास उजाडिएको छ । विभिन्न जंगली जनावरहरु सुरक्षीत वासको खोजीमा गाउँ तथा शहर पस्न वाध्य भएका छन् । जंगलमा भएको आगलागीको कारण तापक्रम बढने,तुँवालो लाग्ने जस्ता वातावरणिय प्रभाव बढेको छ । जिल्ला वन कार्यालय रुपन्देहीका तेजप्रसाद पाण्डे भन्नुहुन्छ–“वनजंगलमा लागेको आगोले गाउँ र वस्तीलाई असर गरेको छ । मानिसहरुलाई स्वास्थ्य सम्वन्धी प्रभाव परिरहेको छ ।

सकेसम्म आगलागीलाई नियन्त्रण गर्न सवैले आ–आप्mनो ठाँउबाट पहल थाल्नु पर्ने भएको छ ।” वनजंगलमा लाग्ने आगलागीसँग मानव समाजको प्रत्यक्ष सम्वन्ध रहेको छ । चिकित्सकहरुका अनुसार आगलागीका कारण वातावरणमा भएको प्रभावले मानिसहरुलाई आखाँ पाक्ने,रुघाखोकी लाग्ने,ज्वरो आउने,दम तथा फोक्सो सम्वन्धी समस्या हुने गर्दछ । वनजंगलमा वासै उजाडीएका पशुपंक्षीलाई पानी पिउन समेत गाह्रो भएको छ । उनीहरुको जीवन रक्षाका लागि घरको छतमा वा घर वरपर विभिन्न भाडाकुडामा पानी राख्नु पर्ने सहायक वन अधिकृत गैह्रेले बताउनु भयो । अहिलेको समयमा जति प्रयास गर्दा पनि वन क्षेत्रमा लागेको आगो निभाउन कठिन भईरहेको छ । डढेलोले अग्नी रेखाहरु समेत पार गरेर जताततै पैmलिरहेको छ ।

यस्तो अवस्थामा आम उपभोक्ता तथा सर्वसाधारणले सचेतता अपनाउनु पर्ने हुन्छ । विभिन्न स्थानमा जंगलमा लागेको आगो निभाउने क्रममा मानिसहरुको ज्यानै गएको छ भने कैयौ मानिसहरु घाईते भएका छन् । त्यस्तो अवस्था नआओस भनेर सवैले ध्यान दिनु जरुरी रहेको छ । अहिलेको समयमा डढेलोको प्रकोपलाई हेर्ने हो भने राष्ट्रिय विपत्तिकै रुपमा विकसित भएको छ । धैर्य र संयमित भएर यो समस्यालाई समाधान गर्न सवै लाग्नु पर्ने देखिएको छ ।

हामी आज त्यो दिनलाई सम्झन चाहान्छौं की विर्सन चाहान्छौं ? जुन दिनले हाम्रो पहिचानको धरोहरलाई ध्वस्त पा¥यो । हाम्रो भाइ,वन्धु र आफन्तजनलाई हामी देखि टाडा बनायो । धेरैलाई अंगभंग अनि अपाङ्ग बनायो । कैयौ आमाहरुको काख रित्तायो । धेरै महिला पुरुषलाई एकल बनायो । हजारौं वालवालिकालाई टुहुरो बनायो । अर्वौंको सम्पत्ति ध्वस्त बनायो । लाखौं मनहरुलाई विक्षिप्त अनि दुःखी तुल्यायो । जीवनभरका लागि चोट अनि पिडा दियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %