इजरायलमा बुद्ध जयन्ती मनाउने तयारी

Read Time:2 Minute, 2 Second

माया घले मगर

नेपाल आदिवासी जनजाती महासंघ इजरायल मुल आयोजक तथा इजरायलमा रहेका विभिन्न सामाजिक, धार्मिक संघसंस्थाहरुको सकृयतामा शान्तिका दुत अहिँसाका प्रतिक भगवान बुद्धको २५६०औ बुद्ध जयन्ति विगतका वर्षहरूमा झै एकसाथ मनाउने गरी आयोजना भएको छ ।
इजरायलमा यसवर्षको वुद्धजयन्ति मनाउने तिथी निधो भईसकेपनि स्थानको भने टुङ्गो नलागेको र इजरायलमा रहेका विभिन्न संघसंस्था, वुद्धिजिवी, पत्रकार लगायतका नेपालीहरूसंगको छलफल तथा सहकार्य पश्चात कार्यक्रम तय गरिने प्रमुख आयोजक संस्थाले जनाएको छ । आयोजक संस्थाले इजरायलमा रहेका सम्पुर्ण संघसंस्थाहरुलाई सहआयोजकमा वस्न तथा समस्त इजरायलवासी नेपालीहरूलाई नेपालको राष्ट्रिय गौरवको रूपमा रहेका वुद्धविशेष कार्यक्रममा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरेको छ ।
जव-जव विश्वमा हिंसा वढ्दै जान्छ तव वुद्धले बिश्वलाई शान्तिको मार्गमा हिड्न प्रेरित गरेका ज्ञानहरू सर्वमान्य हुदै संसारभर फैलिईरहेको देखिन्छ । नेपाली हुनुमा गर्व गर्ने हामी नेपालीहरूले आफ्नै देशको लुम्विनीमा जन्मिएका भगवान वुद्धको वाटोमा हिड्ने हो भने कहिल्यै हत्या हिंसा र अराजकताको स्थिती सामना गर्नुपर्दैन ।
स्मरण रहोस्, वैदेशिक रोजगारीको क्रममा इजरायलमा रहेका नेपालीहरूले विगत केही वर्षदेखी वुद्धजयन्ति भव्य रूपमा मनाउदै आईरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %