संघीय जनमुक्ति पार्टी तिलोत्तमाको नगर वडा भेला सम्पन्न

Read Time:3 Minute, 13 Second

सोनु थापा मगर

बुटवल, बैसाख ११ – संघीय जनमुक्ति पार्टी तिलोत्तमा नगर वडा नं–३ ईकाई समितिको वडा भेला सम्पन्न भएको छ । शनिबार बुटवलमा सम्पन्न वडा भेलाले चार भातृसंगठनका समितिहरुमा पदाधीकारीहरु समेत चयन गरेको छ ।  

राष्ट्रिय दलित मोर्चाको अध्यक्षमा मञ्जु लम्गादे,उपाध्यक्षमा सुमन विशवकर्मा, सचिवमा सलिना गोतामे सुनार,सह–सचिवमा नरमाया नेपाली,कोषाध्यक्षमा रेखा नेपाली र सदस्यहरुमा अनिता लामगादे,लक्ष्मी नेपाली,सुकमाया सार्की,लिलावती नेपाली,सुमन सुनार,विष्णु सुनार,श्रद्धा सेन्चुरी,पदमा विक र विष्णु विक चयन हुनुभएको छ । त्यस्तै राष्ट्रिय महिला मोर्चाको अध्यक्षमा सिता थापा,उपाध्यक्ष मनमाया थापा,सचिव विभा गाहा,कोषाध्यक्षमा खगीसरा थापा र सदस्यहरुमा अम्विका थापा,हेमा राना,मिना थापा,रुपा राना, नानुमाया थापा, खगीसरा बाह्रघरे,भिमा पुन,सिता थापा घर्ती र सरिता रोका रहनु भएको छ ।  

यसैगरी भू.पू. सैनिक संगठन अध्यक्षमा फत्त बहादुर थापा,उपाध्यक्ष जोग बहादुर रेश्मी,सचिव खेमानसिङ सारु,सह–सचिव नल बहादुर राना,कोषाध्यक्ष मनबहादुर पुन र सदस्यहरुमा दल बहादुर दर्लामी,नारायण रेश्मी,प्रेम बहादुर विरकट्टा,तम बहादुर थापा,सुर्य बहादुर राना, देवीराम रोका, फटीक काउचा चयन हुनुभएको छ । यसैक्रममा संघीय युवा मोर्चा अध्यक्षमा टोप बहादुर आले चयन हुनुभएको छ पछि अन्य पदाधीकारी चयन गर्ने गरी सदस्यहरुमा किशन थापा,विशाल गाहा,चमन राना,उमा राना,खम्मर बहादुर बाह्रघरे र प्रेमा सुर्यबंशीलाई चयन गरिएको छ ।

सो अवसरमा संघीय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष झम बहादुर गुरुङ्ग,संघीय युवा मोर्चाका केन्द्रीय कोषाध्यक्ष शंकर गाहा मगर,जिल्ला संगठन सचिव हरी ओम विक, क्षेत्र नं –३ का अध्यक्ष छत्र दर्लामी,संघीय जनजमुक्ति पार्टी तिनपा सचिव तेजमान थापा,राष्ट्रिय महिला मोर्चा तिनपा अध्यक्ष निर्मला थापा,नर बहादुर थापा,विष्णु थापा लगायतले बोल्नु भएको थियो ।कृष्ण बहादुर रानाको अध्यक्षता, सरिता रानाको स्वागत तथा केशरी तरामुको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %