देब पचभैया
पाल्पा, बैशाख ११
पाल्पाको देउरालीमा आज दिउसो ट्रक र जिप दुर्घटना हुदा १३ जना घाईते भएका छन् । घाईते मध्ये ४ को अवस्था गंभिर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाईतेहरुको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा ३ जना र लुम्बिनि मेडिकल कलेज प्रभासमा १० जनाको उपचार भैरहेको छ ।
चितवन बाट गुल्मीको सुन्दबस्तीमा निर्माणाधिन पुलको सामान लिएर जादै गरेको ना ३ ख ६४० नम्बरको ट्रक देउराली ८ लघुवा निर दिउसो १२ः३० बजे सडक बाट झण्डै ढेड सय मिटर तल खसेको हो । प्रहरीका अनुसार ट्रकमा सवार १० जना नै घाईते छन् । ट्रकमा पुल निर्माणको लागी हिडेका कामदार सवार थिए ।
यस्तै काठमाण्डौ बाट गुल्मीको तम्घास जादै गरेको ना २ च ८२९६ नम्बरको जिप दुर्घटनामा ३ जना घाईते भएका- छन् । ट्रक दुर्घटना स्थल देखि झण्डै शय मिटर पर २० मिनेतको अन्तरमा देउराली ८ कै जोर्ते भन्ने स्थानमा सो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईते मध्ये ट्रकमा सवार धादिंग बैरेनी ८ का २६ बर्षिय रबि सुनार, बाराका २३ बर्षिय हरेन्द्र चौधरी र नुवाकोट त्रिपुलीका २१ बर्षिय सुदिप थापाको मिशन अस्पतालमा उपचार भैरहेको छ । चौधरीको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ ।
जिपमा सवार ३ र ट्रकका ७ जना घाईतेको लुम्बिनि मेडिकल कलेजमा उपचार भैरहेको छ । प्रभास मेडिकल कलेजमा उपचार हुने हरुमा रौतहटका २४ बर्षिय रामनाथ राम, ३० बर्षिय नाजिन्दर यादब, ३७ बर्षिय बिरेन्द्र प्रसाद शाह, रौतहट रंगपुर ७ का २३ बर्षिय चन्द्रेश्वर चौधरी, बारा कोल्नी ३ का १८ बर्षिय सर्दिप चौधरी, रौतहट रामापुरका १८ बर्षिय जितेन्द्र चौधरी, बारा कुलबि २ का १९ बर्षिय बिशम्बर चौधरी, सोही स्थानका १७ बर्षिय सुशिल चौधरी, सुनसरी दुम्घा ७ का २५ बर्षिय संजिप कुमार रिसिदेब र बारा छत्तिपुर १२ का २१ बर्षिय बलराम चौधरी रहेका छन् । उनीहरुको मध्ये ३ जनाको अवस्था गंभिर रहेको अस्पतालले जनाएको छ ।
