देवदह नगरस्तरीय अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 8 Second

गोबिन्द घर्ती

बैषाख १० । सामुदायिक मेलमिलाप सम्वन्धी देवदह नगरस्तरीय अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विपन्न र सिमान्कृत समुदायको सवलीकरण सुरक्षा र न्यायमा पहुच स्थापना भन्ने उद्देश्यका साथ स्थापना भएको मेलमिलाप केन्द्र देवदहको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले आर्थिक रुपमा विपन्न तथा सिमान्तकृत समुदाय न्यायको पहुच भन्दा वाहिर रहेकोले निष्पक्ष रुपमा न्याय दिलाउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले न्यायको क्षेत्रमा काम गर्दा राजनैतिक विचारलाई छोड्नु पर्ने बताएका थिए । मेलमिलाप केन्द्रमा आएका वाद विवादमा जवरजस्ती मिलाउने काम गर्न नहुने बताउदै निष्पक्ष र ईमान्दारीता देखाउनु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा देवदह मेलमिलाप केन्द्रमा गएका साउन देखि चैत्र मसान्त सम्म ४४ वटा निवेदन परेको र ती मध्ये २६ वटा सहमति भएको, २ वटा दोश्रो पक्ष नआएको, २ वटा मिलाउन नसकेको र २ वटा वाहिर पठाएको देवदह मेलामिलाप केन्द्रका संयोजक देवु भट्टराईले जानकारी दिए । त्यसैगरी केरवानी मेलमिलाप केन्द्रमा ३५ वटा निवेदन दर्ता भएकोमा २५ वटा सहमति गरेको र १० वटा वाकी रहेको केरवानी मेलमिलाप केन्द्रका संयोजक रोमनाथ पाण्डेले जनाकारी दिए ।
देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कानुन अन्वेषणका प्रशिक्षक राधा अधिकारी, राजेश चौधरी, नेपाली काग्रेसका गुणखर भुर्तेल, एमालेका खैराज शर्मा, एमाओवादीका मोतीलाल ढकाल, संघीय जनमुक्ति पार्टीका डम्वर बहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका माधव रिमाल लगायतले बोलेका थिए ।
त्यसैगरी रुपा सापकोटा, गणेश खाती, फुल माया कुवर, ऋषिराम रेग्मी, चुडा प्रसाद चापागाई लगायतले आ–आफना अनुभव सुनाएका थिए । कार्यक्रममा कानुन अन्वेषणका प्रशिक्षक राधा अधिकारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । रोमनाथ पाण्डेको स्वागत र देवु भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %