राज्यसत्ता ब्यूरो
२१ अप्रैल स्वस्थ्य जीवन, ईश्वरको बरदान भन्ने अभिप्रायका साथ यहि आउँदो २२ अप्रैल २०१६ सुक्रबारका दिन रोजगारीको शीलशीलामा बहराईन स्थित रहनु हुने मजदुर, विभिन्न पेशा तथा व्यावसायमा आवद्ध समस्त आदरणीय नेपाली दाजु भाई तथा दिदि बहिनीहरुको स्वास्थ्य प्रति विशेष ध्यान राख्दै नेपाली क्लब र गैर आवासीय नेपाली संघको संयुक्त पहलमा आस्टर मेडिकल सेन्टर प्राली संग समन्वय गरि यो निस्शुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना हुन लागेको हो ।
आफ्नो स्वास्थ्यलाई निस्शुल्क चेक, जाँच गरि स्वस्थ र स्फुर्तका रहन विभिन्न समस्याको बारेमा संवन्धित डाक्टर संग आवश्यक परामर्श, सेवा, सुविधा लिन ब्यानरमा उल्लेखित निर्धारित मिति र समय तालिका अनुसार सहभागी हुन संवन्धित सबैमा यो सार्वजनिक सूचना जारी गरिएको छ ।
नोटः
निस्शुल्क स्वास्थ्य परिक्षणका लागि अनिवार्यः
१-ड्राइभिङ लाईसेन्स वा सिपिआर परिचय खुल्ने
२-खाली पेटमा हुनु पर्ने ।