राज्यसत्ता व्यूरो
२०७३ बैशाख, ८- विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा काभ्रे जिल्ला स्थित अरनिको रिसोर्ट होटल, धुलिखेलमा नेपालको इतिहासमा नै पहिलो पटक NUCLEAR LAW सम्बन्धि WORKSHOPविज्ञान तथा प्रविधि मन्त्री माननिय श्री शिवलाल थापा मगर ज्यूको प्रमुख आतिथ्यमा सु–सम्पन्न भयो ।
कार्यक्रमको पहिलो दिन बैशाख ७ गते बेलुकी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट आउनु भएका विशिष्ट पाहुनाहरु र अन्य सहभागी महानुभावहरुलाई स्वागत गरी शुरु गरीएको परिचयात्मक कार्यक्रमको दोस्रो दिन बैशाख ८ गते माननिय मन्त्री ज्यूले औपचारीक रुपमा कार्यक्रमको समुद्घाटन गर्नु भयो ।
सो कार्यक्रम २०७३ बैशाख ७ देखी ९ गते (सन २०१६ अप्रिल १९ देखी २१ तारीख) सम्म सञ्चालन हुनेछ । गत २५ फेव्रुअरी २०१६ देखी फेव्रुअरी ३० सम्म अस्ट्रियाको भियनामा सम्पन्न भएको मन्त्रीस्तरीय Country Frame Work Agreement Program मा नेपालले सन २०१६ देखी २०२१ सम्मको दुई पक्षिय सम्झौतामा हस्ताक्षर गरी सकेको र IAEA को सल्लाह अनुसार नेपालले NUCLEAR LAW बनाउने प्रतिबद्धता जाहेर गरीसकेकोले हाल नेपालले NUCLEAR LAW को Draft तयार गरी यो WORKSHOP मा छलफल गरी अन्तिम रुप दिने कार्यक्रम रहेको छ ।
NUCLEAR सम्बन्धी कानुन निर्माण गर्ने लक्ष्य रहेको उक्त गोष्ठीमा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव श्री गजेन्द्र कुमार ठाकुर लयागत नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, विभाग, संघ संस्थाका विशिष्ट व्यक्तित्वहरु, विज्ञ एंव बैज्ञानिकहरु, कानुन विज्ञहरु सहित International Atonic Energy Agency बाट आउनु भएका कानुन अधिकृत Christelle Drillat लगायतका विदेशी पाहुनाहरु साथै राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपालका महासचिव श्री चन्द्र बहादुर श्रीस, उपमहासचिव श्री देब बहादुर दुरा, केन्द्रिय सदस्य तथा आर्थिक विभाग प्रमुख श्री काजिमान आत्रेय र अर्का केन्द्रिय सदस्य श्री सानुबाबु लामा समेतको सहभागीता थियो ।
NUCLEAR सम्बन्धि कानुन तयार भएपछि नेपाललाई कृषि, स्वास्थ्य, खानी विभाग र सिक्षा लगायतका क्षेत्रहरुमा अन्तराष्ट्रिय सहयोग प्राप्त हुनेछ । हाल सम्म IAEA बाट जुन सहयोग प्राप्त भैरहेको छ, त्यसको पचासौ गुना बढी सहयोग गर्न उक्त संस्था तयार रहेको छ । त्यति मात्र नभई नेपालको मकवानपुर, दैलेख, मुस्ताङ र डढेलधुरा जिल्लाहरुमा रहेको युरेनियमको उत्खनन् कार्यको पनि ढोका खुल्नेछ ।
जसको कारणले नेपाल अत्यन्त सक्षम र समृद्धि तर्फ अगाडी बढने छ । नेपालमा युरेनियमको उत्पादन शुरु भएपछि बिकास निर्माणमा पनि ठुलो परिवर्तन आउने छ । जसरी अरवियन मुलुकहरु तेल, ग्यास बिक्रि गरेर धनि भएका छन् त्यो भन्दा बढी युरेनियम बिक्रिबाट नेपालीहरु समुन्नत बन्ने छन् । यही महत्व बुझेर विज्ञान तथा प्रविधि मन्त्रालय NUCLEAR LAW बनाउन अहोरात्र खटेर अगाडी बढीरहेको छ ।

