राज्यसत्ता व्यूरो
पाल्पा बैशाख, ८-तानसेन ११ प्रभास पाल्पाकी ८ बर्षिया बर्षा दर्लामीको बलात्कार पछि हत्या गरेको अभियोगमा १८ बर्षिय दिपक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । तानसेन १४ स्थित सरस्वती माबि सुन्दरगाउको कक्षा ३ की छात्रा बर्षाको बलात्कार पछि सोमबार बेलुकी हत्या भएको थियो । बिधालयबाट घर फर्किदै गरेको बेला उनलाई तानसेन ११ प्रभासका बिशाल भनिने दिपक न्यौपानेले जबर जस्ती करणी गरी खोलाको पानीमा डुवाई हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हत्याको अभियोगमा पक्राउ परेका दिपक न्यौपाने ट्याक्टरका सहचालक भएको पनि प्रहरीको भनाई छ । अंकल नाता पर्ने पदम जुगजालीको घरमा बस्दै आएका न्यौपानेलेबालिका दर्लामीलाई बलात्कार पछि हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले बताएको छ ।
बिहानको खाना खाई बिधालय गएकी बर्षा अबेर सम्म पनि घर नआएपछि घर परिवारले खोजबिन गर्दे प्रभास प्रहरी चौकीमा खबर गरेका थिए । स्थानियको सहयोगमा प्रहरीले खाजी गर्ने क्रममा होलाङ्दी खोलामा उनको् ब्याग, चप्पल र कपालमा लगाउने काटा फेला परेको थियो । प्रहरीका अनुसार सामान फेला परेको ५० फिट उत्तर तर्फ खोलाको पानीमा बर्षा दर्लामीको नग्न , घोप्टो र गुप्ताङ्ग बाट रगत बगेको अवस्थामा शब फेला परेको थियो । प्रहरीका अनुसार पक्राउ परेका बिषाल भनिने दिपक न्यौपानेको साथमा बर्षाले लाएको मुन्द्रा समेत फेला परेको छ ।
