मगर संघको नेतृत्वमा आउने ब्याक्तिले पार्टीको विचार त्यागेर आउनु पर्दछ : अध्यक्ष थापा

Read Time:18 Minute, 54 Second

राज्यसत्ता व्यूरो   

   नेपाल मगर संघ हङ्कङ्गका सस्थापक सल्लाहकार तथा भूपू अध्यक्ष,आदिवासि जनजाति महासंघ हङ्कङ्गका संस्थापक अध्यक्ष हुम बहादुर थापा (पचभैया )मगर, बेलायती सेनामा भर्ती हुनु अघि नै समाज सेवामा परिचित हुनुहुन्थ्यो । १५ बर्से जागिर पछि स्वदेशमै रहेर सामाजिक क्षेत्रमा सक्रिय थापा गएको फागून २२ गते चितवनमा सम्पन्न नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघको केन्द्रिय अध्यक्षमा निर्बाचित हुनुभयो । गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष समेत रहनुभएका थापा, बिगत १० बर्ष अघि देखि नै राज्यसत्ता डट,कम नामक डिजिटल अनलाईन पत्रिकाको निर्देशक भई पत्रकारीतामा समेत सक्रिय हुनुहुन्छ । ठिमुरे,धोर्लीखरक पाल्पा निवासी थापा हाल काठमाण्डौमा बस्नुहुन्छ । अन्याय अत्याचार बिरुद्ध खरो उत्रिने थापाले आगामी बैशाख १८ देखि २२ गते सम्म चितवनमा हुन लागेको नेपाल मगर संघको महाधिवेशनलाई सहमतिका आधारमा सक्षम नेतृत्व चयनका लागी जोड दिदै आउनुभएको छ ।

प्रस्तुत छ मगर संघको महाधिबेशनलाई केन्द्रित गर्दे उहा संग मगर मिडिया डट कम का सम्पादक देब पचभैयाले गर्नुभएको कुराकानीको केही अंशहरु…

प्रश्न: भुपु सैनिक संघको बारेमा केही जानकारी गराईदिनुस न ?

धन्यबाद देब जी, मगर समाजमा भूपू सैनिकहरुको संलग्नता र योगदान बिर्सनै नसकिने लगानीे छ । मगर संघको विधानको धारा ५ उपधारा १७ (च) मा भूपूका बारेमा व्यवस्था भएपनि लामो समय सम्म आवद्धता पाएका थिएनौ भुपुहरुले । तर, उहाहरु संग लामै कस्साकस्सी परे पछि यही गएको चैत्र २९ गते चितवनको केन्द्रिय समिति बैठकमा हाम्रो समितिले ज्ञापनपत्र बुझायौ , आपसी छलफल र बहस गर्र्यो अनि हामीलाइ संघमा भातृ सस्थाका रुपमा स्वीकार गरिएको हो । भूपू सैनिक तथा प्रहरीहरुको सस्था २०६६ साल पुष १५ गते बुटवलका भूपूहरुले सुरु गरेका हुन् । २०६८ सालमा भूतपूर्व संघको चितवन अधिवेशनले मन बहादुर पुलामी मगर लाई अध्यक्षमा चयन गरेको थियो । २०७२ साल फागून २२ गतेको तेस्रो महाधिवेशनले मलाई नेतृत्व प्रदान गरेको छ ।

प्रश्न: भूपू र मगर संघ बिचको एकता वा सामिप्यता कस्तो छनि ? मगर संघलाई भूपूहरुले के कसरी सहयोग गरेका छन् ?

बीचमा केहि असहजता देखिए पनि अहिले विस्तारै सम्वन्ध सुधारिएको छ । नेपाल मगर संघलाई स्थापनाकाल देखिनै हरेक क्षेत्र र समयमा जुनसुकै सहयोग गर्न पछि परेका छैनौ । वास्तवमा भन्नेनै हो भने अहिलेको मगर संघको केन्द्रीय कार्यालय कलङ्कीमा रहेको भवनमा ९५ प्रतिशत भूपू सैनिक तथा प्रहरीहरु र तिनका आश्रित परिवारहरुबाट लगानी भएको छ ।

प्रश्न: धेरै बर्ष देखि मगर संघको भातृसंगठन हुन नसकेको भुपुलाई तपाई अध्यक्ष भएदेखि नै कसरी भातृसस्थाको मान्यता मिल्न पुगेको नि ?

विगतका अध्यक्ष ज्यूहरु काठमाण्डौ केन्द्रित नभएकोले मगर संघ सँग सामिप्यता हुन सकेको पनि हुन सक्छ । म यहि बस्ने र मगर संघका पदाधिकारी संग बढी मात्रामा उठबस भएकाले पनि हुन सक्छ । तर मेन कुरा के हो भने हामीहरु एक आपसमा घनिभुत छलफल र अन्र्तक्रिया गर्र्यो, एक आपसका मनका तिक्तmताहरु घुलित गर्र्यो, आपसका कमीकमजोरी स्वीकार गर्र्यो र सबै मिलेर मगर हितका कामा गर्ने हो भन्ने भएर संगै अघि बढ्ने गरी भातृ सस्थाको मान्यता पाएका हौ ।

प्रश्न: मगर संघको महाधिवेशनमा भुपुहरुको सहभागीता र पदाधिकारीमा कसरी प्रतिनिधित्व गर्दे हुनुहुन्छ ?

यो महाधिवेशन लाई प्रभावकारी बनाउन धेरै भन्दा धेरै जिल्लाहरुबाट भूपू,प्रहरी तथा सैनिकहरुलाई सहभागी बनाउदै छौ । मेरै नेतृत्वमा ३ जना प्रतिनिधि र २ जना पर्यवेक्षक गरी ५ जनाले महाधिबेशनमा भाग लिदै छौ ।

प्रश्न: मगर संघको महाधिबेशनमा अधिकांश भूपूहरु जिल्ला जिल्लाबाट प्रतिनिधि भएर आउदैछन्, उनीहरुले जसलाई सहयोग गर्छन् उनैले जित्छन् भन्नेहरु पनि छन् । भनेपछि भूपूहरु आफै नेतृत्व गर्न अघि सर्ने हो कि अरु कुनै पदमा बार्गेनिङ्ग गर्ने ?

अहिलेको मगर संघको विधानलाई मैले अध्यन गर्दा अलिक तानशाही जस्तो देखिन्छ,अर्थात सीन्डिकेट छ । भूपू मात्र नभएर राम्रो मान्छे मगर संघको नेतृत्वमा पुग्न लाई करीव १६ वर्ष कुर्नु पर्छ । अहिले बुद्धिजिवि मगरहरु राजधानीमा दिनहुँ विधानलाई खुकुलो बनाउने बारेमा बहस चलाईरहेका छन् । विधानलाइ यो महाधिबेशन बाट संशोधन गरेमा निश्चय पनि भूपूहरु नेतृत्वमा जान सक्नेछन् र सक्षम पनि छन् । कारण विगतका इतिहासले पनि भूपूहरुको नेतृत्वले मगर संघ यहाँ सम्म आइपुगेको प्रमाणित गर्दछ । विधानले बाधा दिएता पनि बार्गेनिङ होइन हाम्रो मगरलाई भन्दा पनि राम्रो मगरलाई हाम्रो सहयोग रहनेछ ।

प्रश्न: महाधिबेशनमा पुरै मोर्चा बन्दी र राजनैतिक गुटका आधारमा निर्बाचन हुन लागेको भन्ने हल्ला चलिरहेका बारेमा भुपु हरुले समाउने हागो कता होला ?

हो यो कुरा मैले पनि सुनेको छु , वास्तवमा यदि यो सत्य हो भने हाम्रो समाजको लागि घातक हो । मगर संघको नेतृत्वमा आउनको लागि कुनै पनि राजनितिक पार्टीको विचार बोकेर आउनु हुदैन । जो आएपनि चार वर्षका लागि विचार त्यागेर मगरको लागि केहि गर्छु भनेर आयो भने मगरको विकास र भलो हुन सक्दछ । अनि महाधिबेशनका प्रतिनिधिहरुले पनि यस बिषयमा ख्याल गर्नुुहुन्छ भन्ने मलाई लाग्छ । किनभने हामीले सक्षम नेतृत्वलाई मगर संघमा योगदान गरेका, मगर हकहितका लागी निरन्तर आवाज उठाएकालाई बढी प्राथमिकता दिनुपर्छ । जहा सम्म भूपूहरुले समाउने हागो कता होला ? भन्ने बारेमा भूपूहरु केही गर्न आफै सक्षम छन्, कसैको हागा समात्न आवश्यक देख्दिन । बरु नेतृत्वको अवसर पाएको खण्डमा मगर र मगर संघलाई धेरै उचाईमा लान सक्छन् भन्ने विगतका चार जना भूपू सैनिकका अध्यक्षहरु बाट पनि नमुना प्रस्तुत भइसकेको छ ।

प्रश्न: खास गरी भूपू सैनिकको संघलाई फराकिलो हुन सकेन, एउटा मात्रै दलको भातृसस्था जस्तो भयो, पुर्ब मेची देखि पश्चिम महाकाली सम्मका भूपूहरु अटाउन सकेनन् भन्ने बिगत देखि नै आरोप छ नि ?

यो गलत प्रचार हो, मगर संघले यस बिषयमा कुनै कुरा भनेको छैन। यदि यस्तो भएको थियो भने संघले कुनै प्रतिक्रिया वा सुझाब सल्लाह दिईहाल्नुपर्ने हो । तर साचो कुरा चाही के हो भने विगतमा नेपाल मगर संघले नै भूपू सैनिक तथा प्रहरीहरु लाई विधानको धारा ५ उपधारा १७ (च) मा व्यवस्था भएपनि आवद्धता दिएका थिएनन् । लामो संघर्ष पछि अहिले गएको चैत, २९ गतेको नेपाल मगर संघको चितवन केन्द्रिय समितिको बैठकको बहुमत सदस्यबाट हामीलाई नेपाल मगर संघमा आबद्धता दिईएको हो । नेपाल मगर संघको यो निणर्यलाई स्वागत गर्दै मगर संघलाई धन्यवाद सहित आभार प्रकट पनि गर्दछु । अव संगठन विस्तारको लागि मगर संघकै सल्लाह र सहयोगमा हामी देश दौडाहा निश्किसकेका छौ ।

प्रश्न: तपाईको ब्यतिmगत कुरा गर्दा लामो समय देखि सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ, मगर संघको महाधिबेशन पनि नजिकिदै छ । के हामीले तपाईलाई मगर संघको केन्द्रिय समितिमा देख्न सक्छौ ?

हाहाहा…., संगै बसी काम गरौ भनेर धेरै साथीहरुले त बोलाइरहनु भएको छ तर, मैले जाने वा नजाने निर्णय गरेको छैन । त्यसको जिम्मा भूपू साथीहरुको नै हो । किन भने मैले मात्रै डिसिजन गरेर हुदैन । सबै भूपूहरु संग यस बिषयमा छलफल गर्नु आवश्यक छ । जे हुन्छ , सामुहिक निर्णय बाटै हुन्छ ।

प्रश्न: अव अलिकति फरक कुरा गरौ , मगरहरु लाहुरे भएरै पनि मगर हरु पछि परेका हुन् भनेर भन्नेहरुलाई तपाई के भन्नुहुन्छ ?

म यस कुरामा सहमत छैन । मगरहरु लाहुरे भएरनै शिक्षा,सामाजिक,आर्थिक र राजनितिक चेतना आएको हो । यदि मगरहरु लाहुरे नभईदिएको भए अरुले भने जस्तै भारी बोकेर जीविकोपार्जन गर्ने अवस्था आउथ्यो । अहिलेका जतिपनि डा.,प्रध्यापक,इन्जिनियर,वकिल,पत्रकार लगायत मगर नेताहरु जन्मेकाछन् भूपूकै छोरा भाई , ज्वाई चेलाहरु छन् । भनौन प्रथम शहिद लखन थापा,मास्टर मित्रसेन,बेलायतको सर्वोच्च युद्ध पदक भिक्टोरिया क्रस विजेता कुलवीर थापा मगर, कर्ण राना मगर, लालबहादुर थापा मगर,नेत्र बहादु थापा मगर शेरबहादुर थापा मगर र तुलबहादुर मगर गरी ६ जनाले भिक्टोरिया क्रस प्राप्त गर्न सफल भएका थिए । त्यस्तै अन्य महावीर पुन,रामबहादुर थापा बादल,गोरेबहादुर खपांगी,एम.एस.थापा,पूर्व आईजिपि कुवेर सिं राना,प्रा.डा.केशरजंग बराल मगर लगायतका व्याक्तिहरु लाहुरेहरुका सन्तान हुन् । उनीहरु त केहि उदाहरणका पात्र मात्रै हुन् । यसमा लाहुरेकै योगदान पक्कै बढी छ ।

प्रश्न: तपाई लामो समय देखि नै मिडिया चलाएर बस्नुभएको पनि छ । आखिर मिडियाको किन आवश्यकता हुने रैछनि ?

मिडिया राष्ट्रको चौथो अंग मानीन्छ । र मगरहरुलाई जनचेतना जगाउन पनि मिडियाको महत्वपूर्ण भूमिका रहन्छ । मगरको मिडिया नभएकै कारण मगरहरु राज्यका हरेक निकायमा पछि परेका हुन् । मगरहरुले मिडियाको महत्व नवुझ्नाले मगरहरु राज्यको मुलधारमा आउन नसकेको मेरो बुझाई रहेको छ । नेपालीमा उखान छनि जसको जोत उसैको पोत भनेझै २९ प्रतिशत जनसंख्या हुनेहरुले मिडियामा पक्कड जमाएका छन् , राज्य सत्ताको मुलधारमा उनीहरुकोनै हालीमूहाली छ ।

प्रश्न: त्यसो भए मगर हरुले किन मिडिया चलाउनु पर्ने रैछनि ?

ठीक प्रश्न गर्नु भो , मगर ब्यक्तिmत्वहरुको कार्यक्रममा मैले धरै सहभागीता जनाई सकेको छु । राष्ट्रका मर्यादा क्रममा दोस्रो र तेस्रो स्थानमा रहेका उपराष्ट्रपति नन्दकिशोर पुन र व्यास्थापिका संसदका सभामुख ओनसरी घर्ती, मगर भएकै कारणले नेपालको मूलधारका संचार माध्यममा उहाहरुको समाचार बन्न सकिरहेको छैन ।

प्रश्न: तपाई भुपु सैनिक संघको अध्यक्ष हुनुहुन्छ, भुपु वा लाहुरेहरुको पैसाको खासै सदुपयोग हुन सकेन, उनीहरु घर घडेरी जोड्ने मात्रैमा सिमित भए, लाहुरेहरुको रकम त औधोगिक क्षेत्रमा लगानी गर्नु पर्ने भन्ने सुझाब निकै छ नि ?

त्यसो होइन, लाहुरेहरुले औधोगिक क्षेत्रमा पनि लगानी नगरेका होइनन्,लाहुरेहरु इमान्दार र सोझो भएको फाइदा उठाउदै यहांका चण्डाल र टाठा बाठा भनौदाहरुले लाहुरेहरुको लगानी डुबाइदिएका धेरै नुमना छन् । बुटवल औधोगिक धागो कारखाना,पोखरा बाट सञ्चालित पश्चिमाञ्चल भूपू सैनिक बस सेवा,अधिकांश इगिलिस बोर्डिङ स्कूल तथा निजि स्तरमा खुलेका अस्पताल लगायतका अन्य विकासक्षेत्रमा लाहुरेहरुको लगानीमा खोलिएका उधोग धन्दा बन्द भएका छन् । तर, अहिलेका लाहुरेहरु केहि सचेत भएका छन् । जस्तै काठमाण्डौमा मगरहरुले एकता फाईनान्स कोओपरेटिप सफल्ताका साथ सन्चालन गर्दै आएका छन भने देशका अन्य भागमा पनि आफैहरु अगाडी सरेर उधोग धन्दा स्थापना र संचालन गर्दै आई रहेका छन् । भूपू सैनिक तथा प्रहरीहरु शिक्षाका ज्योती हुन भन्ने प्रमाण नेपाल मगर संघ यूकेमा रहेका लाहुरेहरुको अहिले सम्मको सवैभन्दा ठुलो राशि एक करोड रुपैयाको लगानीमा स्नाकोत्तर र विधावारिधि गर्ने गरीब तथा जेहेन्दार मगर विधार्थीहरुलाई अक्षय कोष खडा गरेका छन् । त्यस्तै अर्का संस्था क्या.कुल प्रसाद पुन मगर र मनिराज पुन मगर लगायत अन्य भूपू मगरहरुको लगानीमा मगर विधार्थी उत्थान समाजको स्थापना गरी नर्सरी देखि स्नातक सम्मको अध्यनको लागि छात्रवृत्ति कोष खडा गरेका छन् । र देशको अन्य भागमा पनि भूपू सैनिक तथा प्रहरीको लगानीमा बिभिन्न बिकाशको काममा लगानी भैरहेको छ । तर यसको लागी पनि राज्यले बिशेष ब्यवस्था गर्नुपर्छ ।

प्रश्न: मगर सघलाई बलियो बनाउन भुपुको तर्फ बाट कुनै सुझाब वा योजनाहरु छन् कि ?

मगरहरुले बिभिन्न पार्टीमा आस्था राख्नु उनिहरुको नैसर्गीक अधिकारको कुरा हो,तर आस्थाकै भरमा सिंगो मगर समाजलाई ड्यामेज गर्ने गरी मगर संघमा कुण्डली मारेर बस्नु समाजको लागी घातक हो र मगर समाज बलियो हुदैन भन्ने कुरो नेतृत्वले बुझ्न जरुरी छ । माथीनै भनिसके मगर समाजको लागी आउने नेतृत्वले पार्टीको झोला जो कसैलाई सुम्पेर आएमा समाजले उनिबाट फाईदा लिन सक्दछ अर्थात समाज माथी पुग्न सक्दछ । नेपाल मगर संघले भूपू सैनिक तथा प्रहरीहरुको योगदानलाई कदर गर्न सके भूपूहरुको सहयोग पनि उपायोग गर्न सकिन्छ । बल्ल सबै मगर समाजको बिकास हुनेमा दुईमत देखिदैन ।

प्रश्न: अन्त्यमा के भन्न चाहानुहुन्छ ?

सर्वप्रथमत भूपू र नेपाल मगर संघ बीचको सम्बन्ध अझ सुमधुर हुनुपर्छ । लाहुरेहरुलाई संघले हेर्ने दृष्टिकोण पनि सकारात्मक हुनु पर्यो । लाहुरेहरुले पल्टनमा सिकेका ज्ञान र सिपलाई मगर संघले ग्रहण गरेमा मगरलाई मात्र नभई सिंगो नेपाललाईनै धेरै ठुलो फाईदा हुने देखेको छु । विदेशमा गएका मगरहरुको आफ्नो देश र मगरको लागी नसा नसामा मगरत्वको रगत बगेकाले मगरको नाममा संगठन खोलेर संगठित भईरहेका मगरहरुलाई मगर संधले सहयोग र हौसला दिनु पर्दछ । उनिहरुको रगत र पसिनाको कदर गर्न समाज पछि पर्नु हुन्न । बिदेश बाट मगरहरुले पठाएको रेमीट्यान्सलाई मगरीकरण गरी मगर समाजको बिकाशमा लगाउन संघ पछि पर्नु हुदैन । अन्त्यमा मगर मिडिया डट,कमले मलाई मेरो बिचार राख्ने मौका दिनु भएकोमा धन्यबाद सहित मगर मिडिया डट,कमको उत्तोरत्तर प्रगतीको कामना गर्दछु ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %