मगर संघ, पाल्पाको बैठक तथा प्रशिक्षण सम्पन्न

Read Time:2 Minute, 40 Second

देब पचभैया

पाल्पा, बैशाख ४ – नेपाल मगर संघ, पाल्पाको बैठक तथा प्रशिक्षण संघको कार्यलयमा सम्पन्न भएको छ ।

बैठकले “अधिकार सम्पन्न एकिकृत मगरात स्वायत्त प्रदेश प्राप्तीका लागि साझा अभियान, मगर समुदायको समृद्धि र आर्थिक रुपान्तरणको पक्षमा एघारौ राष्ट्रिय महाधिबेशन” भन्ने मूल नाराका साथ बैशाख १८ देखी २२ गते सम्म चितवनमा हुन लागेको नेपाल मगर संघ केन्द्रिय समितिको महाधिबेशनको लागी पाल्पाले पनि बढी भन्दा बढी पाल्पाली मगरहरूलाई उपस्थित गराउने निर्णय गरेको छ ।

साथै त्यसको लागी पाल्पा जिल्लामा अबस्थित सरकारी तथा गैर्ह सरकारी संघ/संस्था लगायत सबै पक्षसंग आर्थिक सहयोग माग्ने निर्णय गरेको छ । महाधिबेशनको उत्घाटन सत्रमा जिल्ला कार्य समिति, संघका सल्लाहाकारहरू, संघका सम्पूर्ण भातृसंस्थाका पदाधिकारीहरू अनिबार्य उपस्थित हुने निर्णय गरेको संघका जिल्ला अध्यक्ष बल बहादुर गाहाले जानकारी दिनुभयो । बैठकले आर्थिक सहयोग सङ्कलनका लागी मगर संघका कार्यसमिति सदस्यहरू, भातृसंस्थाका प्रमुखहरूलाई जिम्मेवारी तोकेको छ । बैठकले पाल्पाबाट मिन बहादुर आलेको नेतृत्वमा चितवनमा ७ जना स्वयंसेबक पठाउने निर्णय गरेको छ । महाधिबेशनको लागी मास र यातायातलाई ब्यबस्थित गर्नको लागी उपाध्यक्ष जहर सिंह सारुको संयोजकत्वमा बिभाग पनि गठन गरेको छ ।

बैठकमा नेपाल मगर संघका केन्द्रिय सदस्य गम बहादुर थापा, सल्लाहकारहरू गिर बहादुर थापा, लिला सोमै, ओम बहादुर घर्ति लगायतले बोल्दै पाल्पा जिल्ला देशकै धेरै मगरको जनसंख्या रहेकोले पनि मगर संघको केन्द्रिय अधिबेशनमा बिशेष सहभागिता देखाउनुपर्ने जोड दिएका छन् । बैठक संघका सचिब राम बहादुर गरंजा (एस.कुमार) को संचालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %