भवानीपुरमा देवदह पर्यटन सूचना केन्द्र स्थापना

Read Time:3 Minute, 20 Second

गोविन्द घर्ती

रुपन्देहीको देवदह,बैषाख ३ – भवानीपुरमा देवदह पर्यटन सूचना केन्द्र स्थापना भएको छ । कोलिय बुद्ध मावली क्षेत्र विकास समितिको आयोजना र ड्रिम देवदहको व्यवस्थापना रामनवमी मेलाको अवसरमा उक्त सूचना केन्द्र स्थापना भएको हो । देवदह पर्यटकीय हिसावले महत्वपूर्ण स्थल भएकोले देवदह क्षेत्रमा आउने वाह्य तथा आन्तरिक परिवर्तनलाई देवदहको जानकारी गराउने उदेश्यका साथ उक्त देवदह पर्यटन सूचना केन्द्र स्थापना गरिएको ड्रिम देवदहका संयोजक सिद्धिचरण भट्टराईले जानकारी दिनु भयो ।

देवदह पर्यटन सूचना केन्द्रको एक कार्यक्रमका वीच लुम्विनी बौद्ध विश्व विद्यालयका रजिष्टार तिलक आर्चायले उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै रजिष्टार आर्चायले भगवान गौतम बुद्धको मावल स्थल देवदहको विकासको लागि लुम्विनी बौद्ध विश्व विद्यालयले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । सोही अवसरमा देवदह क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरुको परिचय गराउने उद्देश्यका साथ फोटो प्रदर्शनी समेत सम्पन्न भएको छ ।

ड्रिम देवदहको व्यवस्थापनमा उक्त फोटो प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो । फोटो प्रदर्शनीमा देवदह संग सम्वन्धीत देवदह क्षेत्रका ऐतिहासिक ठाउहरुको फोटोहरु राखिएको ड्रिम देवदहका कार्यक्रम संयोजक दिपेश वस्यालले बताउनु भयो । कार्यक्रममा देवदह डेभलोपकेण्ट सोसाईटी देवदहले प्रकाशन गरेको गोजी पात्रोको समेत विमोचन गरिएको छ । रामनवमीको अवसरमा भवानीपुरमा निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न भएको छ । क्रिमसन अस्पतालका चिकित्सकहरुले स्वास्थ्य शिविरमा विरामीहरुको स्वास्थ्यको चेकजाच गरेका थिए । त्यसैगरी रामनवमीको अवसरमा युवा पाईलाको आयोजनामा एकल नृत्य प्रतियोगिता–२०७३ तथा बृहत्त सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

कोलिय बुद्ध मावली क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष तुल्सी चौधरी, ड्रिम देवदहका संयोजक सिद्धिचरण भट्टराई लगायतले आ–आफना भनाई राख्नु भएको थियो । समितिका उपाध्यक्ष विष्णु ज्ञवालीको स्वागत, अमर पोखरेल, कमला अर्याल, विकास गहतराजको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %