तमु ह्युला चोकमा तमु तमुस्योको शालिक

Read Time:3 Minute, 31 Second

मनोज घर्तीमगर

पोखरा, ३० चैत्र – तमु धिं नेपालले सोमवार पोखरा १७ विरौटास्थित तमु ह्युला चोकमा तमु तमुस्योको शालिक स्थापना गरेको छ । तमु जातिको अधिक बसोवास रहेको पोखरामा तमु धिं नेपालले तमु तमुस्यो शालिक निर्माण समितिद्धारा तयार गरिएको तमु भेषभुषमा सजिएको महिला र पुरुषको प्रतिकात्मक शालिक तमु ह्युलाचोकमा स्थापना गरिएको हो ।

यस अघि त्यसलाई विरेन्द्रचोक भनिदै आएको थियो । जनयुद्धकालमा माओवादीले शालिक भत्काएपछि वेवारिसे बनेको चोकलाई एमालेले मदन भण्डारी चोक नामाकरण गर्ने असफल प्रयास गरेको थियो । तर, २०६७ साल जेठ २७ गते उक्त चोकलाई तमु ह्युलाचोक नामाकरण गरी पुर्व मन्त्री देवप्रसाद गुरुङले उद्घाटन गरेका थिए । त्यो चोकमा सोमवार राती ९ बजे शालिक राखिएको थियो । केही महिना अघि प्राविधिक कारण शालिक स्थापना गर्न समस्या भए पनि सम्पुर्ण आवश्यक प्रकृया पुरा गरी शालिक स्थापना गरिएको तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले जानकारी दिइन् ।

तमु राष्ट्रियताको सम्मान र पोखराको पर्यटन प्रवद्र्धनका लागि वेवारिसे अवस्थामा रहेको चोकलाई मंर्मत संभार  गरी, सजिसजाउ अवस्थामा तमु ह्युला चोक नामाकरण गरी शालिक राख्ने योजना अनुसार नै शालिक राखिएको तमु धिं नेपालका सचिव गिरीप्रसाद तमुले बताए । यस क्षेत्रका भुमिपुत्र आदिवासी जनजाति तमुहरुले पहिचान र आत्मसम्मानका लागि चोकको नामाकरण गरी तमु तमुस्योको शालिक स्थापनाले पोखरामा गौरब बढाउने उनको दावी छ ।

मौलिक पहिचान भएको तमु समुदायगत मौलिक पोशाक सहितको शालिक स्थापनाले पोखराको पर्यटन प्रर्वद्धन र तमुहरुको पुज्य स्थल बन्ने तमु तमुस्यो शालिक निर्माण तथा स्थापनाका परिकल्पनाकार मेजर लक्ष्मीप्रसाद तमुको भनाई छ । तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटेको पुर्व सन्ध्यामा स्थापना गरिएको शालिकमा ट्होटेका दिन मंगलवार पोखरेली तमुहरुले पितृको सम्मान स्वरुप पुजाआजा समेत गरेका तमु तमुस्यो शालिक निर्माण समितिका सचिव हुमबहादुर तमुले बताए ।

यसैविच मंगलवार तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटे पोखरामा तमु धिं नेपालको अगुवाईमा भव्यताका साथ मनाइयो । वर्षको दुई पटक चैत्रको अन्तिम मंगलवार र साउन महिनाको अन्तिम मंगलवार सामुहिक रुपमा मनाउने गरिन्छ ।

तस्वीर :हुम तमु

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %