मिलन फाउण्डेशन नेपालद्वारा वृद्धवृद्धालाई दैनिक उपभोग्य सामग्री वितरण

Read Time:3 Minute, 56 Second

रूद्र श्रीसमगर

कुश्मा, २९ चैत्र-सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएको संस्था मिलन फाउण्डेशन नेपालले पर्वतको कुश्मा नगरपालिकास्थित मोदीवेणी दिव्यधामका वृद्धवृद्धाहरूलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा दिव्यधामका पुजारीसहित १६ जना वृद्धवृद्धाहरूलाई फाउण्डेशनका तर्फबाट दैनिक उपभोग्य सामग्री जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले दिव्यधाममा आश्रित वृद्धवृद्धाहरूलाई वितरण गरेको हो ।

सो अवसरमा बोल्दै प्रजिअ ढकालले सामाजिक कार्यमा मिलन फाउण्डेशन नेपालले दिएको योगदानको प्रशंसा गरेका थिए । सहयोगबाट प्राप्त सामग्री सदुपयोग गर्न आग्रह गर्दै प्रजिअ ढकालले सामाजिक सेवामा निस्वार्थ भावले लाग्ने संस्थाहरूलाई प्रशासनले सधैं प्रोत्साहन गर्ने जानकारी दिए । साथै, प्रजिअ ढकालले दिव्यधामका वृद्धवृद्धाहरूलाई सधैं अरू आउँछन् र सहयोग गर्छन् भन्ने मानसिकता नराख्न आग्रह पनि गरे ।

मिलन फाउण्डेशन नेपालका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ले फाउण्डेशनका तर्फबाट आफूले सक्दो सहयोग गरिरहेको भन्दै आगामी दिनमा पनि सामाजिक सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए । फाउण्डेशनले नेपालको ग्रामीण क्षेत्रका शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सक्दो सेवा पु¥याउँदै आएको र सबैको साथ एवं सहयोगबाट आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए ।

मोदीवेणी दिव्यधामका अध्यक्ष गोपालदास वैरागीले मिलन फाउण्डेशन नेपालको सहयोग दिव्यधामका वृद्धवृद्धाहरूका लागि महत्वपूर्ण रहेको भन्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन आग्रह गरे । वैरागीले फाउण्डेशनले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन समेत गरेका थिए ।

फाउण्डेशनका कार्यवाहक अध्यक्ष क्या. हितकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मदन गुरुङले गरेका थिए । कार्यक्रममा फाउण्डेशनका तर्फबाट दिव्यधामका वृद्धवृद्धाहरूलाई खोल सहितको सिरानी, पातलो ब्लाङकेट गर्मीमा ओढ्ने, झूल, शारीरिक सरसफाइका सामग्री प्याक, लुगा धुने साबुन, नुहाउने साबुन, कोलगेट र ब्रस, नङकट, काइँयो, कपालमा लगाउने तेललगायतका सामग्री वितरण गरिएको हो ।

फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ले फाउण्डेशन मार्फत् देशका विभिन्न ग्रामीण क्षेत्रका विपन्न तथा शिक्षा र स्वास्थ्य सँग सम्बन्धित संघसंस्थाहरूलाई सहयोग गर्दै आएका छन । कार्यक्रममा कुश्मा नगरपालिका गोपाङघाट गुम्बा, आनन्द गुम्बा र दुर्लुङ भुमेकोटका पुजारीहरूलाई समेत एक/एक थान उपभोग्य सामग्री वितरण गरिएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %