गोबिन्द घर्ती
चैत्र २९ । देवदह बुद्धपव्लिक आवासीय उच्च माविको आयोजनामा एक दिने अन्तरक्रियात्मक अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई असल अभिभावकत्व, विकास गर्ने उद्देश्यका साथ विद्यालयले उक्त कार्यक्रम गरेको हो ।
शिक्षक अभिभावक संघका अध्यक्ष तुल्सीराज शर्माको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भूषालको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका प्राचार्य कृष्ण प्रसाद गैरेले विद्यालयको भावी योजना र कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । कार्यक्रममा सल्लाहकार नरेन्द्र जिसी, अभिभावक यज्ञ अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थिए । करिव ३ जना अभिभावक सहभागिता रहेको कार्यक्रमको सहजीकरण विके शर्माले गरेका थिए । विद्यालयका सहायक प्रिन्पिल विष्णु अर्यालको स्वागत र शिक्षक नारायण भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
