समाजसेवी गुरुङलाई स्वागत तथा सम्मान

Read Time:1 Minute, 6 Second

रूद्र श्रीसमगर

पोखरा, २८ चैत्र

हङकङबाट तीन साताको छुट्टीका क्रममा नेपाल आएका समाजसेवी दुर्गा गुरुङ ‘मिलन’लाई पोखरामा स्वागत गरिएको छ ।

मिलन फाउण्डेशन नेपालका संरक्षक एवं मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष समेत रहेका समाजसेवी गुरुङलाई पोखराका गुरुङ चलचित्रकर्मी एवं फाउण्डेशनका सदस्यहरूले आइतबार आफ्नै घरमा एक कार्यक्रमको आयोजना गरी स्वागत एवं सम्मान गरेका हुन् ।

समाजसेवी गुरुङले आफूले हङकङमा कमाएको पैसाको केही हिस्सा पश्चिम नेपालको ग्रामीण क्षेत्रका स्वास्थ्य तथा शिक्षामा सहयोग गर्दै आएका छन । आफ्नै एकल प्रयासमा स्थापित दुई संस्था मार्फत् समाजसेवी गुरुङले समाजसेवामा आफूलाई समर्पित गर्दै आएका हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %