१०६ औं अन्र्तराष्ट्रिय महिला दिवस अवसरमा एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 52 Second

गोविन्द घर्ती मगर

देवदह चैत्र, २६-राजनैतिक संरक्षणका कारण लैङिक हिंसा बृद्धिभईरहेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले गलत काम गर्नेलाई राजनैतिक दलहरुले संरक्षण नगरे लैगिक न्यूनिकरण गर्न सकिनेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले लैङिक हिंसा न्यूनिकरण गर्न राजनैतिक दलहरु प्रतिवद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए । जिल्ला विकास समिति रुपन्देहीको महिला समन्वय समितिले १०६ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित लैगिक हिंसा न्यूनिकरण विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रमका वक्ताहरुले पुरुष र महिला वीच समावेशी भए लैगिक हिंसामा कमी आउने बताएका थिए । विगत केहीबर्ष देखि रुपन्देही जिल्लामा लैगिक हिंसाका घटनाहरु बढिरहेको चिन्ता व्यक्त गर्दै यस तर्फ सवै आ–आफनो ठाउबाट प्रतिवद्ध भएर लाग्नु पर्नेमा जोड दिएका थिए । जिल्ला विकास समिति रुपन्देहीको महिला समन्वय समितिका उपाध्यक्ष रमा अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, स्थानीय विकास अधिकारी युवराज सुवेदी, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक बुद्धिराज गुरुङ्ग, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, देवदह नगर विकासका अध्यक्ष दिल्लीराज मरासिनी, नेकपा एमालेका विद्यालक्ष्मी गुरुङ्ग, स्थानीय शान्ति समितिका संयोजक कृष्ण ढकाल, देवदह महिला सञ्जालका पार्वती न्यौपाने गायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा नमुना एकिकृत विकास परिषदका ज्ञानु पौडेलले लैगिक हिंसा सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहभागि विभिन्न व्यक्तिहरुले लैगिक हिंसा सम्वन्धी जिज्ञासा राखेका थिए ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %