ई–रिक्सा यातायात व्यवसायी रुपन्देहीको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न

Read Time:5 Minute, 13 Second

गोविन्द घर्ती

देवदह चैत्र,२५- ई–रिक्सा वातावरणमैत्री भएको कारण व्यवस्थित गरी संचालन गर्नु पर्ने श्रम तथा स्वरोगार मन्त्री दिपक बोहोराले बताउनु भएको छ । उहाले ई–रिक्सालाई व्यवस्थापन गर्न सके स्वदेशमै स्वरोजगार सृजना गर्न सकिने हुदा यातायात व्यवस्था कार्यालयले दर्ता प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो । रुपन्देहीको देवदहमा भएको लुम्विनी ई–रिक्सा यातायात व्यवसायी रुपन्देहीको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्वोधन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो ।

मन्त्री बोहोराले यातायात व्यवस्था कार्यालयले ई–रिक्सालाई दर्ता नदिनु गलत भएको भन्दै व्यवस्थित रुपमा संचालन गर्न दर्ता प्रक्रियालाई तत्काल अगाडि बढाउनु पर्नेमा जोड दिनु भयो । मन्त्री बोहोराले श्रम ऐन संसदमा विचारधिन रहेकोले श्रमिक ऐन कार्यान्वयनमा आए श्रमिकहरुको सुरक्षा ग्यारेन्टी हुनेमा जो दिनु भयो । प्रधानमन्त्री ओलीको चिन भ्रमणको अवसरमा भएका पारवहन सम्झौताहरु कार्यान्वयन गर्न सके विकासले फड्को मार्न सक्ने बताउनु भयो ।

लुम्विनी ई–रिक्सा यातायात व्यवसायी संघका अध्यक्ष केशव रानाको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय बुटवलका एसपि प्रकाश अधिकारी, यातायात व्यवस्था कार्यालय बुटवलका देवीराम भण्डारी, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, उद्यमशिल यातायात व्यवसायी महासंघका मोहन भूषाल, देवदह नगर विकासका अध्यक्ष दिल्लीराज मरासिनी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । सोही अवसरमा संघलाई सहयोग गरेको भन्दै पत्रकार टोपराज शर्मा, विनोद परियार, दामोदर खनाल तथा  विभिन्न व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा संघका महासचिव प्रेम थापाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।   गोविन्द घर्ती देवदह चैत्र २५ ।चैत्र २५ ।

रुपन्देहीको देवदहमा यही चैत्र ३० गते प्रथम देवदह फुड् फेस्टिवल हुने भएको छ । उद्योग व्यापार संगठन देवदह शाखाको आयोजनामा उक्त फेस्टिवल हुन लागेको हो । देवदहमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त जानकारी दिईएको हो । राष्ट्रिय स्वाधिनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि औद्योगिककरण तथा व्यापार विविधिकरण भन्ने मुल नाराका साथ फुड् फेस्टिवलको आयोजन गरेको संगठनले जनाएको छ । देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आर्थिक समृद्धि गराउने उद्देश्यका साथ फेस्टिवलको आयोजना गरेको संगठनका अध्यक्ष गोविन्द ठड्राईले बताउनु भयो । स्थानीय रुपमा रहेका मौलिक खानालाई प्रोत्साहन गर्ने, व्यापारीहरु वीच एक आपसमा सद्भाव कायम गर्ने फ्ड फेस्टिवलको मुल उद्देश्य रहेको अध्यक्ष ठड्राईले बताउनु भयो ।

फुड् फेस्टिवलमा २० वटा खानाका स्टल रहने, करिव १५ लाखको कारोवार गर्ने र २० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको अध्यक्ष ठड्राईले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । फेस्टिवल सम्पन्न गर्न विभिन्न राजनैतिक दलका युवा संगठनहरु संग समन्वय गरीरहेको उहाले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय कलाकार, स्थानीय कलाकारको प्रस्तुती, डिजे कार्यक्रम, लोक तथा दोहोरी गीत प्रस्तुती, शुभकामना लगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ । फुड् फेस्टिवलको एक कार्यक्रमका वीच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । संगठनका सहसचिव थानेश्वर लम्सालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।  

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %