कमल चौधरी
बुटवल , चैत्र २३ – रूपन्देहीको सुन्दर शहर बुटवल । ऐतिहासिक महत्व बोकेको ठाउँ । रमाणीय हिलपार्क क्षेत्र जुन बुटवल उपनगरपालिकाको वडा नं. ८ र ९ भित्र पर्दछ ।

करिव १५ हेक्टर क्षेत्रफल ओगटेको यस हिलपार्क क्षेत्रमा घुमफिर र मनोञ्जन गर्नको लागि स्थानिय तथा क्षेत्रीय पर्यटकहरुको भरिभराउ नै हुनेगर्दछ । वतावरणीय रुपमा अति सुन्दर मनमोहक यस पर्कमा मनोरञ्जन गर्न रुपन्देही असपासका जिल्लाहरु कपिलबस्तु, नवलपरासी, पाल्पा लगायतबाट बाट घुमफिर गर्नको लागि मानिसहरु आउँने गर्दछन् । यही हिलपार्क क्षेत्रभित्र विभिन्न पर्यटकहरुलाई मनोरञ्जन प्रदान गर्नको निमित्त आकर्षक पार्क बनाउनुको साथै, चिडिया घर, मुत्र्तिहरुको निर्माण गरिएको छ । साथै जनजाति संग्राहालय निर्माण हुन लागेको पनि छ । तर लामो समय वितिसक्दा पनि अझै जनजाति संग्राहलय भावन निर्माण पूरा हुन सकेको छैन ।

वि.स. २०६३ साल देखि भवन निर्माण कार्य सुरु भएपनि ८ बर्ष वितिसक्दा पनि केवल भानको जग पुर्ने काम बहेक अरु हुन नसक्दा स्थानिय चिन्तित छन् । विशेष रुपमा आदिवासी जनजाति समुदायका ऐतिहासिक, धार्मिक, संस्कृति, भेषभुषाहरुको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जनजाति संग्रहालय भवन निर्माण गर्न लागेपनि यो कहिले पुरा हुने हो कुनै टुङ्गो छैन । यदी सच्चै यस क्षेत्रका अगुवा तथा समाजसेवीहरुले जनजाति समुदायको भवन निर्माण गर्न सके यस ठाउँको पर्यटकीय रुपमा विकास हुनुको साथै सामाजिक, आर्थिक रुपले राष्ट्रलाई टेवा पुग्ने छ ।
जनजाति संग्रहालय निर्माण नहुनुको कमजोरी
ऐतिहासिक महत्व बोकेको बुटवल नगरीमा जनजाति संग्रहालय निर्माण हुनु निकै गर्वको विषय हो तर यसलाई निर्माण गर्न नसक्नु यो जनजातिको कमजोरी हो की ? यो बुटवल हिलपार्क परिषद्को यो आफैमा एउटा गम्भिर विषय हो । त्यही हिलपार्क क्षेत्र भित्र विगत ४ बर्षदेखि होटल संचालन गर्दै आईरहेका भैरहवा निवासी जे.के शर्माले लामो समय बितिसक्दा पनि यसको भवन निर्माणको कार्य हुन नसकेको बताउनुहुन्छ ।
त्यस्तै परिषद्का कर्मचारी दिपनगर–९ निवासी ६३ बर्षिय सर्व बहादुर थापाले आर्थिक अभावको कारण जनजाति संग्रहालय निर्माण हुन नसकेको बताउनुभयो । उहाँले जिविस र बुटवल नगरपालिकाबाट सहयोग हुने हुँदा विगत लामो समय भैसक्दासम्म पनि भवन निर्माण हुन नसकेको बताउनुभयो । उहाँले आर्थिक बर्ष ७०/७१ मा भवन निर्माणको लागि जिविसाले १ लाख ५० हजार बजेट छुट्टयाएको थियो ।
भवन निर्माण नहुदै रकम सकिएको बताउनुभयो । आखिर जनजाति संग्रहालय नबन्नुको रहस्य के होला । किन यो भवन निर्माण हुन नसकेको होला की जनजाति अगुवाहरु भाषणमा मात्र अधिकार र पहिचानका नाराहरु घन्काउँछन् । यसलाई व्यवहारमा लागु गर्न नसकेकै हो त ? कमजोरी कसको ?
जनजाति संग्रहालय निर्माण हुँदा फाईदा
जनजाति समुदायको भवन निर्माणले निश्चय नै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा यस क्षेत्रको विकास हुनु स्वाभविक हो । जसले गर्दा यस क्षेत्रको विकास मात्र नभएर समग्र आदिवासी जनजाति समुदायको मौलिक भेषभुषाको संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ । जनजाति भवन निर्माण भयो भने यस क्षेत्रका नेवार, बाहुन, क्षेत्री, मगर, गुरुङ्ग, ठकुरी, थकाली, थारु, कसौधन, ठाकुर, अग्रवाल, सुनार, दमाई , मुस्लिम लगायतका जतिहरुले प्रत्यक्ष रुपले संग्रहलयको अवलोकन गर्न पउने छन् । साथै लोप हुन लागेको भेषभुषा, भाषा संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्न टेवा मिल्ने छ ।
निर्माण हुन नसक्नुको कारण
जनजाति संग्रहालय भवन निर्माण नहुनु हामी सबै नेपालीहरुको चुनौतिको विषय हो । यस्ता जनजाति संग्रहालय निर्माण हुन नसक्नु त एउटा उदाहरण मात्रै हो तर कतिपय संग्रहालयहरु निर्माण अवस्थाबाटै आर्थिक, राजनैतिक आदि कारणले गर्दा निर्माण हुन नसकी विलिन भएको अवस्था छ ।
तर पनि राज्यको ध्यान पुग्न सकिरहेको छैन । भाषा संस्कृति संरक्षण र प्रवद्र्धन गर्नको लागि आर्थिक रुपमा राज्यले संस्कृतिक संरक्षण र प्रवद्र्धन गर्न सहयोग गर्नु आवश्यक छ, र यी यस्त भवनहरु निर्माण कार्यमासम्बन्धीत निकायको छिट्टै ध्यान पुग्न जारुरी छ ।
