नगर स्तरीय विपद् जोखिम व्यवस्थापन योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न

Read Time:2 Minute, 48 Second

गोविन्द घर्ती मगर

देवदह चैत्र २३-रुपन्देहीको देवदहमा नगर स्तरीय विपद् जोखिम व्यवस्थापन योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । देवदह नगरपालिका, नेपाल अविनास सामाजिक सेवा संस्थाको संयुक्त आयोजनामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रम माथि प्रकाश पार्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले नदीजन्य पदार्थ निकासी हुन नसक्दा देवदह क्षेत्र बाढीबाट जोखिम रहेको बताउनु भयो ।

 

 उहाले देवदह क्षेत्र बाढीपहिरो, वन क्षेत्रमा आगलागीको जोखि रहेकोले यसको न्यूनिकरणको लागि सवै आ–आफनो ठाउबाट लाग्नु पर्नेमा जोड दिनु भयो । अधिकृत घिमिरेले भूकम्प मापदण्ड अनुसार काम गर्न नसक्दा देवदह क्षेत्र बढि जोखिम रहेको बताउनु भयो । समुहगत रुपमा भएको कार्यशाला गोष्ठीले विभिन्न निर्णय समेत गरेको छ । ३ समुहमा विभाजित गरी चलाईएको छलफलले १६ वटा विषयमा प्रकोप स्तरीयकरण समेत गरेको छ । गोष्ठीले  बाढिपहिरो, आगलागी, वन डढेलो, भूकम्प, खडेरी, सर्पको टोकाई, सडक दुर्घटना, झाडापखाला लगायतबाट देवदह क्षेत्र बढि जोखिममा रहेकोले यसको न्यूनिरकणको लागि पहल गर्न आवश्यक रहेको निष्कर्षण निकालेको छ ।

कार्यशाला गोष्ठीमा पहिलो समुहबाट ज्ञानु तिवारी, दोश्रो समुहबाट ईश्वरीप्रसाद ढुंगाना, समुह तेश्रोबाट रामप्रसाद कडेलले समुहगतेको प्रस्तुतीकरण गर्नु भएको थियो । सो अवसरमा विगत २५ बर्ष भित्र देवदह क्षेत्रमा भएका विपद्, बढि जोखिम रहेका ठाउहरुको वारेमा समेत छलफल भएको थियो । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्यक्षता, नेपाल अविनास सामाजिक सेवा संस्थाका कार्यक्रम संयोजक विनोद कुमार खातीको संचालनमा भएको कार्यक्रममा देवदह क्षेत्रमा गठन भएका विपद् व्यवस्थापन समितिका सदस्य, राजनैकि दलका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %