युके मगर संघमा नेम थापा , नयाँ कार्यसमिति निर्बाचित

राज्यसत्ता बेलायत ब्यूरो
काठमाण्डौ, चैत्र २२ यु.के मगर संघमा नया समिति निर्बाचित भएको छ । नेम थापाको अध्यक्षतामा युके मगर संघमा आगामी ३ बर्षका लागी २१ सदस्सीय नया कार्यसमिति निर्बाचित भएको हो । यही चैत्र २० (अप्रिल २)मा भएको पाचौ कार्यसमितिको अध्यक्षमा थापाले अर्का प्रतिस्पर्धी हिमाली राना भन्दा १३१ मत बढी ल्याएर बिजयी भएका हुन ।
निर्बाचनमा युके महिला संघका निर्बतमान अध्यक्ष हिमाली रानाको ६० मत र युके मगर संघको निर्बतमान उपाध्यक्ष समेत रहेका नेम थापाको १९१ मत प्राप्त भएको थियो ।
यस्तै ३ जना प्रतिस्पर्धी उपाध्यक्षमा संघका निर्बतमान महासचिब बम थापा सुर्यबंशीले २०५ मत र सिता पुनले १७३ मत प्राप्त गरी निर्बाचित भएक छन ।

उपाध्यक्षका अर्का प्रतिस्पर्धी ईन्द्र पुनलाई ९५ मत प्राप्त भएको थियो ।
अधिबेशनमा योग कुमार फगामी बरिष्ठ उपाध्यक्ष र श्रीमती अनिता राना महिला उपाध्यक्षमा निर्बाचित भएको युके मगर संघका अध्यक्ष दुत पुनले जानकारी दिएका छन ।
महासचिबमा लाल बहादुर पुन, सचिबमा बीर प्रसाद घर्ती, कोषाध्यक्षमा नेत्र आले र सहकोषाध्यक्षमा होम रोका निर्बाचित भएका छन ।

अधिबेशनले दीप राना, रुद्र थापा, धन कुमार बुढा, दधीबन्धु घर्ती, तुल चन्द्र तिलिजा, रमेश कुमार दुरा मगर, श्रीमती दुर्गा पुन, धना रोका, मोहन आले, बीर बहादुर पुन , निर्मल श्रीस र रमेश रानालाई सदस्यमा निर्बाचित गरेको छ ।For video please click on the linkनेम थापा -अध्यक्ष ,मगर संघ यु के

११ वटा शाखा मिलेर बनेको मगर संघ युके बेलायतमा भएका सस्था मध्ये ठुलो सस्थाको रुपमा परिचित छ । दुत पुन अध्यक्ष रहेको मगर संघ युकेको चौथो कार्यसमितिले बेलायत भर छरिएर रहेका सबै मगरहरुलाई एक बनाई साझा भावनाको बिकास गर्दे आफ्नै साझा घर खरिद गर्न सफल भएको थियो । सामाजिक र जातिय सस्थामा सक्रिय युके मगर संघले मगर भाषा, सस्कृति, रहनशहन जोगाउन र मगर हक हितको लागी आवाज उठाउन
अतुलनिय योगदान गर्दे आएको छ ।To view more pictures please clink on the link-मगर संघ यु के को पाचौ अधिबेशन

नवनिर्बाचित अध्यक्ष नेम थापाले लोकतान्त्रिक बिधि अनुसार युके मगर संघको अधिबेशन सम्पन्न भएको भन्दै आफुले सबैलाई मिलाएर अघि बढ्ने बताए । निबर्तमान अध्यक्ष दुत पुन आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै समग्र मगरको हितका लागी आफु सधै सक्रिय हुने बताएका थिए । सबै मगर एक भएमात्रै अधिकार प्राप्तीको लागी आवाज उठाउन सजिलो हुने पुनको भनाई छ ।