हार्दिक मगर
अप्रिल, ४-नेपाल मगर संघ युएईको ३४औ मगर स्थापना दिवस तथा १३९औं प्रथम शहिद लखन थापा मगर स्मृति दिवस गत १९ फेब्रुअरी २०१६ मा सफलताका साथ सम्पन्न पश्चात, १ अप्रिल २०१६ मा नेमसं युएइ अबुधाबी क्षेत्रीय समिति र मुसाफा क्षेत्रीय समितिको संयुक्त आयोजनामा गरेको नेपाली पन्चैबाजा समुदघाटन समारोह, बनभोज कार्यक्रमको साथमा विशेष कलाकारहरुको लागि सम्मान कार्यक्रम रहेको थियो ।
कार्यक्रमका सभापति मुल आयोजक नेमसं क्षेत्रीय समिति अबुधाबिका अध्यक्ष होम बहादुर थापा मगर थिए भने, प्रमुख अतिथिमा नेमसं युएईका संरक्षक चन्द्र बहादुर सारु मगर । बिशेष अतिथिमा संघका उप संरक्षक श्रीमती सुनिता राना थापा मगर, अतिथिहरुमा केन्द्रिय सल्लाहकार परिषद प्रमुख अशोक राम्जाली मगर, सल्लाहकार सदस्य तथा निबर्तमान अध्यक्ष भरत राना मगर, सल्लाहकार सदस्य खुम बहादुर आले मगर, सल्लाहकार सदस्य भुवन मगर, केन्द्रिय बर्तमान अध्यक्ष राजु सिंजाली मगर, नेपाल मगर खाम भाषा जागरण युएईका अध्यक्ष भुवन बुढामगर, केन्द्रिय कार्यसमिति तथा क्षेत्रीय प्रमुखज्युहरु र कार्यक्रममा सहभागी मगर तथा गैर मगर नेपाली दाजुभाइ एवम् दिदीबहिनीको बृहत उपस्थिति रहेको थियो । यस बनभोज कार्यक्रमका संयोजक नेमसं मुसाफा क्षेत्रीय समितिका अध्यक्ष प्रेम बहादुर थापा मगर हुनुहुन्थ्यो भने, औपचारिक कार्यक्रम संचालन सचिब तारा सुनारी मगरले गरेका थिए ।
कार्यक्रममा संयोजकले उपस्थित सबैलाई स्वागत मन्तव्य दिए लगत्तै पन्चै बाजामा फुलमाला, ध्वजा बिधिवत पुजा गरि प्रमुख अतिथिले बाजा बजाएर उदघाटन गरेका थिए । ३४औं मगर दिवसलाई सफल सम्पन्न बनाउनको लागि अहोरात्र खटिनु भएका सबैलाई हार्दिक आभार प्रकट गर्दै केन्द्रिय महासचिव एच बि मगरले कार्यक्रममा प्रत्यक्ष रूपमा गायन र नृत्य प्रस्तुत गरि सहयोग गर्नु हुने कलाकारहरुलाई नेमसं केन्द्रबाट प्रशंसा पत्र प्रमुख अतिथी द्वारा प्रदान गरिएको थियो । प्रमुख अतिथि र अन्य अतिथिहरुको शुभकामना मन्तव्यमा बोल्नुहुदै, युएईमा मगर संघ एक मात्र रहेको जस्को नेतृत्व राजु सिंजालीले गरेको, मगर संघ नै नेपाल मगर संघको एक मात्र बैधानिक प्राप्त नेपाल मगर संघ युएई रहेको प्रष्ट पारेका थिए ।
युएईमा केही मगर बिखन्डनकारिले आफ्नो ब्यक्तिगत, राजनैतिक स्वार्थको लागि सोझा मगर मगर बिचमा फाटो ल्याउने दुष्प्रयास गरेता पनि हामि मगर जातिको धर्म, भाषा, संस्कृतिलाइ संरक्षण, सम्बर्द्धन र मगर एकता कायममा कति पनि बिचलित नभै यहि बैधानिक प्राप्त मगर संघमा आबद्ध हुन आग्रह गर्नु हुँदै हालको संविधानमा सिमांकनको विषयमा जुन किसिम बाट राज्यले मगरहरुलाई फेरि अल्पमतमा पारेको छ त्यो कदापी मान्य नरहेको साथै मगर जातिको हक, अधिकार आफ्नो मगरात प्राप्ति, पहिचान र संघीयताको मुद्दामा नेपाल मगर संघ युएईले गम्भीर ध्यानाकर्षण गराउदै आएको र अझै पनि मगरात संघर्ष समितिको लागि आ आफ्नो ठाँउबाट जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताए ।
जारी मन्तव्यमा युएईमा धेरै संघ संस्थाहरु रहे पनि अहिलेसम्म कुनै संघ संस्थाले नेपाली मौलिक पन्चै बाजा नभित्र्यएको र यो अबसर नेपाल मगर संघ युएइले मगरहरुको मात्रै नभएर नेपाली साँस्कृतिक पक्षलाई नै न्याय दिएको छ भन्दै युएईको इतिहासमा एक सफल उदाहरणीय कार्य गरेको प्रष्ट पार्नु भयो। अन्त्यमा कार्यक्रमका सभापति होम बहादुर थापा मगरले कार्यक्रममा उपस्थित सबै पहुनाहरुलाई हार्दिक आभार प्रकट गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गर्न नपाउदै यो अरब कै भुमिमा पनि पहिलो पल्ट नेपाली पन्चै बाजा भित्र्याइ समग्र नेपालीलाई मनोरन्जन मात्रै नदिएर नेपाली राष्ट्रिय बाजा बिश्व सामु चिनाउने प्रयत्न गरेका थिए ।
नेपाल मगर संघ युएइका मगर पन्चे बाजा समूहले जब पन्चे बाजाको धुनमा रमाउन आतुर पाहुनाहरु बिबिध खानाको परिकार ग्रहण संगै रमाउदै गर्दा युएईको सिमसिम बर्षाले पन्चै बाजाको धुन संगै नाँचलाई रोक्न सकेन । साँझसम्म नाँचगान गर्दै निकै रमणीय, हर्षोउल्लासमय वातावरणमा कार्यक्रम सकिएको थियो ।
