केहर सिं थापा
काठमाण्डौ चैत,२०–राष्ट्रिय जनमुक्ति पार्टी नेपालको राष्ट्रिय विधार्थी मञ्च गठन पार्टी कार्यालय कुलेश्वरमा सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि पार्टी अध्यक्ष तथा विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापा मगर थिए । कार्यक्रमका सभापति केन्द्रिय उपमहासचिव देव दुरा थिए भने कार्यक्रम सञ्चालन राष्ट्रिय युवा मोर्चाका अध्यक्ष दिपक दोर्जे लामाले गरेका थिए । नेवेन्द्र एसकेको अध्यक्षतामा निम्न पदाधिकारीको चयन गरी बाकी पदाधिकारी पछि चयन गर्नेछ ।
महासचिवःश्याम नगरकोटी
उप महासचिवः शिव श्रेष्ठ
कोषाध्यक्षःदेवकी थापा मगर
सदस्यहरु : अजय तामाङ
कुमार राना टेक थापा
सुमन राई
केहर सिं थापा र
संजय सिजाली मगर नवलपरासी रहेका छन् ।
जनमुक्ति लोकतान्त्रिक नेपाल र एल.डि.पि.एकताको लागि वार्ता
शिबलालको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल र गोरे बहादुर खपाङगीको लिवरल डेमोके्रटिक पार्टी विच एकताको लागि दुवै पार्टीको शीर्ष नेताहरुको जनमुक्ति पार्टी कार्यालय कुलेश्वरमा बस्यो । पार्टी एकताको लागि दुवै पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।
जनमुक्ति लोकतान्त्रिक बाट पार्टी अध्यक्ष तथा माननिय मन्त्री शिवलाल थापा,पार्टी अध्यक्ष चन्द्र बहादुर श्रीस,केन्दीय सदस्यहरुमा काजीमान अँत्रेय र सानुबाबा लामा थिए । लिवरल बाट पार्टी सहअध्यक्ष गणेश बहादुर तामाङ उपाध्यक्ष हरिशंकर थापा र केन्द्रीय सदस्य शिव राना मगर थिए ।
वार्ता सौर्हाद रुपमा सम्पन्न भएको दुवै पार्टीका नेताले राज्यसत्तालाई जानकारी दिए । अर्को वार्ता छिट्टै बस्ने गरी आजको वार्ता सम्पन्न भयो ।
