म ठूलो भएर माओवादी नै बन्छु : ५ वर्षे भीमराज घर्ती मगर

Read Time:7 Minute, 43 Second

केहर सिं थापा

बेलायतमा कार्यरत अनिल थापा मगर र माया थापा मगरका दुई सुपुत्र अभय र अविनभ आफूहरु पनि एकिकृत श्रृजनशील समाज नेपालमा जस्तै पढ्ने विधार्थी हुन् । फरक यति छ  अभय र अविनभको बाबा आमा छन् भने श्रृजनशील समाजमा बस्नेले आमा बाबा गुमाएका छन् । उनीहरुले नेपालमा बाबा आमा गुमाएका बच्चाहरुलाई एक एक जेब्रा झोलाको लत्ताकपडा र नेपाली ७ हजार रूपैया  यू.के. बाट  आमा माया थापाको साथमा पठाइदिएका थिए ।

  उक्त सामान दिन माया थापा उनकी फूपु पुसाई नेपाल मगर भु.पु सैनिक संघका अध्यक्ष हुमबहादुर पचभैया मगर र उनका धर्म पत्नी लोकी माया थापा संग काठमाण्डौ, तरकेश्वर नगरपालिका स्थित मनमइजु पुगेका थिए । थापा दम्पति पनि केही खाना सहित नगद पैसा लिएर सहयोग गर्न गएका थिए । त्यहां थापाले आफू संग कार्यरत ज्ञानेन्द्र राईको समेत रु ५१०० जुनु पुन लाई हस्तान्तरण गरे । उनीहरु त्यहां पुग्दा बाबा आमा गुमाएका साना ठूला सबै बालबालिकाहरुले स्कूले पोशाकमा प्रायःभेट्न आउने सहयोगकर्ता लाई आमाको निर्देशित गीत र नृत्यले स्वागत् गर्न तैनाथ रहन्छन् । उनीहरु साना भएपनि तेजिला दिमाख भएकोले आगन्तुकले सोधेको प्रश्नको उत्सुकताका साथ जवाफ दिएर प्रश्नकर्ता लाई झस्काउछन् ।

वर्ष ५ का भीमराज घर्ती मगर रोल्पा, जसको बाबा आमालाई प्रहरीले मार्दा १६ महिनाको मात्र थिए । “बाबु तिमी ठूलो भएर के बन्छौ भनेर उनीलाई प्रश्न गर्दा म ठूलो भएर माओवादी नै बनेर आÏनो बाबा आमा मारेकालाई बदला लिन्छु भन्छन् । वर्ष ६ का इतिहास रोका मगर रुकुम ठूलो भएर कुखुरा बन्ने बताउछन् ।” उता चितवनका समिक्षा बुढा मगर उमेरले बल्ल ४ वर्ष टेकेका छन् जसले सबैभन्दा पहिला (पैलोगएर) विवाह गरेर आमा र दिदीलाई गुन्योचोलि किनिदिने बताउछिन् ।

 त्यस्तै कुबेतमा कार्यरत नैनाकला राई सोहि समयमा ६/७ बोरा दाल चामल लिएर आफ्ना स परिवार सहित एकिकृत श्रृजनशील समाज नेपाल मनमइजुमा पुगिन् ।  उनी राई याक्खाका उपाध्यक्ष,आदिवासी जनजाति महासंघको महासचिव र खोटाङ कुवेतका उपाध्यक्ष साथै एक सफल समाजसेवी मात्र नभएर सञ्चारिका पनि हुन् । उनी आफै प्रदेशी डट कममा सम्पादकको काम गर्छिन् ।  एकिकृत श्रृजनशील समाज नेपाल जसमा २५ जना विधार्थी रहेका छन् । उनीहरुले जुनु पुन मगरलाई आमा भनी सम्बोधन गर्दछन् ।

भिम कुमार रोका मगर र जयप्रकाश रोका मगर मिलेर वि.सं.२०६४ मा एकिकृत श्रृजनशील समाज नेपाल काठमाण्डौ जिल्ला प्रशासनमा दर्ता गरेका थिए । उनीहरु दुवै जना पूर्व  मार्ओवादी लडाका सेनाका कम्पनी कमाण्डर हुन् । उनीहरु १० कक्षा पढ्दा पढ्दै माओवादी नेता रामबहादुर थापा बादल संग भेट भयो । बादलले उनीहरुलाई बुर्जुवा शिक्षा नपढ भन्दै साम्यबादी शिक्षामा होमिन आग्रह गरे र मार्ओवादी लडाका बने । अहिले नेताका छोरा छोरी विदेश र नेपालको राम्रो उच्च शिक्षा लिइरहदा उनीहरु भने न शिक्षा न भिक्षा भएकोमा अहिले उनीहरु पछुताइरहेका छन् ।

जय प्रकाश रोका मगर अध्यक्ष र भिम कुमार रोका मगर उपाध्यक्ष्ँ रहेको यस संस्थामा  पूर्व माओवादी लडाका तथा नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव नविन रोका मगर सल्लाहकार र जुनु पुन यस संस्थामा कार्यरत छन । महासचिव नविन र भिम कुमार रोका मगरले जुनु पुन मगरलाई दुख पाइरहेका ति बालबच्चा हेर्न आग्रह गरे अनुसार जुनु पुन ९ महिना देखि आमाको रुपमा सो संस्थामा कार्यरत छिन् । हाल यो एकिकृत श्रृजनशील समाज नेपालमा १० वर्षे जनयुद्व द्वन्दपिडितको समयमा ४ देखि १६ वर्ष उमेरका र २०७२ बैशाखको महाभुकम्प बाट बाबा आमा गुमाएका बालबच्चाहरु रहेका छन् ।

आइएनजीओ,एनजीओ र नेपाल सरकार बाहेक ब्याक्ति विशेष संघ संस्था र आफन्त बाट सहयोग गरी  नर्सरी देखी स्र्टाण्ड ६ सम्म शुभकामना बोर्डिङ स्कूलमा उनीहरु पढ्दै आएका छन् । अन्य समयमा आमा जुनु पुन मगरको निर्देशनमा नृत्य, गायन बाध्य बाधन गरी पुराना घाउहरु भुल्नका लागि निवास अगाडिको आगनमा निक्ली रमाइलो गछन् ।

जनयुद्धको समयमा  रोल्पा जिल्ला बाट ५३७ जना मगरहरुले ज्यान गुमाउदा मात्र तीन जना बाहुनहरुले मृत्युबरण गरको भिम कुमार रोका मगर बताउछन् । उनका अनुसार मगरात क्षेत्रबाट मात्र ९६७ जनाले जनयुद्धमा ज्यान गुमाएको भिम कुमार रोका मगरले राज्यसत्ता लाई जानकारी दिए । १० बर्षे जनयुद्ध द्धन्द्धकालमा आमा बाबा गुमाउने रोल्पा,रुकूम,रामेछाप,चितवन र कास्की गरी ५ जिल्लाका बालबच्चाहरु यस संस्थामा आश्रित छन् ।

एकीकृत श्रीजनशील समाज नेपालमा सहयोगीको रुपमा जुनु पुनका छोरा विश्वास पुन मगर बाग्लुङ, चोलेन्द्र गुरुङ अमृत गुरुङ लमजुङ, सुश्री दृष्ट्रिका थापा मगर तनंहु र मिलनचेमजोङ खोटाङले शिक्षक शिक्षिकाको रुपमा ती बालबालिकालाई स्वयम्सेवकका रुपमा अध्यापन गराइरहेका छन् । एकीकृत श्रीजनशील समाज नेपालको भाडाको भवनमा खाने,बस्न,सुत्ने र पढ्ने गर्छन् भने द्धन्द्धकालको पीडालाई भुल्न जुनु पुन द्धारा निर्देशित नृत्य,गायन,मुक्तक सुनाई मनोरञ्जन गर्ने गर्छन । उनीहरु बासस्थान नजिकैमा रहेको शुभकामना सेकेण्डरी इग्लिस बोर्डिङ स्कूल मनमैजुमा नर्सरी देखि ६ कक्षा सम्म अध्ययनरत छन् ।

(प्रशिक्षार्थी बाट)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %