पर्वतको बनौमा निःशुल्क आँखा शिविर सम्पन्न

Read Time:2 Minute, 47 Second

 २५० जनाद्वारा आँखा जाँच, आठ जनाको शल्यक्रिया

 रूद्र श्रीसमगर

पोखरा, चैत्र १८- चैत्र मिलन डी.जी. इन्टरनेशनल प्रालिका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’को सहयोगमा लायन्स क्लब अफ पर्वत मोदीकालीको आयोजनामा पर्वतको बनौमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बनौ माविको प्राङ्गणमा हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो । शिविरमा आँखा जाँचका क्रममा भेटिएका आठ जना मोतियाविन्दु भएका आँखाका बिरामीको पर्वत सदरमुकाम कुश्मामा निःशुल्क शल्यक्रिया समेत सम्पन्न भएको छ । बिरामीहरूलाई बनौबाट कुश्मासम्मको आउने जाने साथै खान र बस्नको सुविधा उपलब्ध गराइएको थियो । शिविरमा २५० जनाले आँखा जाँच गराएका थिए ।

 यसअघि, शिविरको उद्घाटनका अवसरमा बनौ मावि व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर पुन, गाविस सचिव रामप्रसाद रिजाल, लायन्स क्लब अफ पर्वत मोदीकालीका संस्थापक अध्यक्ष रामचन्द्र जोशी, हिमालय आँखा अस्पताल, पोखराका डा. गोविन्द बडू, मिलन डी.जी इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक देउकी सिंजाली ‘दिपिका’, गोविन्दप्रसाद आचार्य, लायन्स क्लब अफ मोदीकालीका अध्यक्ष अर्जुनप्रसाद चापागाईं, उपाध्यक्ष गोविन्दप्रसाद आचार्य, सचिव रविकुमार श्रेष्ठ, नेपाली कांग्रेसका गम्भीर फगामी, नेकपा (एमाले)का बुद्धिप्रसाद फगामी, एकीकृत नेकपा (माओवादी)का गौबहादुर पुर्जा, राष्ट्रिय जनमोर्चाका टकबहादुर पुर्जा, नारायण पोखरेल, विनोद अधिकारी, विनय बस्नेत, प्रेम पुनलगायतले बोल्नुभएको थियो ।

हाल हङकङनिवासी समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले आफ्नै पहलमा स्थापना गरेको दुई संस्था मिलन फाउण्डेशन नेपाल र मिलन डी.जी. इन्टरनेशनल प्रालिमार्फत् ग्रामीण क्षेत्रका शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %