सडक दुर्घटना र नदीले बगाउदा पाल्पामा ३ जनाको मृत्यु ३ घाईते

Read Time:1 Minute, 49 Second

देब पचभैया

पाल्पा, चैत्र १८-सडक दुर्घटना र नदीले बगाउदा पाल्पामा ३ जनाको ज्यान गएको छ । दोभान, ८ खुर्सानेमा बुधबार बेलुकी ट्रिपर दुर्घटना हुं“दा कचल १ का ३५ वर्षिय लेखबहादुर उचैको  ज्यान गएको हो । दोभान बाट चुनढुंगा लिन कचल जादै लु १ ख ९७०० नम्बरको ट्रिपर सडक बाट शय मिटर तल खस्दा चालक सहित ३ जना घाईते भएका छन् ।

यस्तै पुर्बी पाल्पाको अर्चलेमा डोजर बाट खस्दा ४६ बर्षिय लेख बहादुर रानाको ज्यान गएको छ । चलिरहेको डोजरबाट खसेका रानाको उपचारको क्रममा रामपुर अस्पतालमा ज्यान गएको ईलाका प्रहरी कार्यालय रामपुरले बताएको छ ।

 जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पाको रानीघाट दरबार निरको कालीनदीमा डुबेर अर्का एक जनाको ज्यान गएको छ ।

रानीघाट निरको कालीगण्डकी तरेर छेर्लुग जाने क्रममा बौघागुम्हा ३ का ४८ बर्षका बोम बहादुर सारुलाई बदीले बगाउदा ज्यान गएको हो ।

बाटो खन्ने क्रममा रानीघाट दरबार देखि छेर्लुग जाने बाटो अवरुद्ध भएको र घुमेर जादा २ घण्टा लाग्ने भएकाले मृतक सारु सहित ३ जना नदी तरेर घर फर्किदै गर्दा बोम बहादुरलाई

नदीले बगाएको अस्थाई प्रहरी चौकी रानीघाटले जानकारी दिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %