भारत दुबै देशको बिकास चाहान्छः भारतीय राजदुत रे

Read Time:2 Minute, 21 Second

देब पचभैया

पाल्पा, चैत्र १७
नेपालका लागी भारतीय राजदुत रन्जित रेले भारत र नेपाल दुबै देशको एक साथ बिकास हुनुपर्नेमा जोड दिएका छन ।
भारतको निति आफ्नो देश संगै नेपालको पनि बिकास होस भन्ने चाहाना भएको भन्दै राजदुत रेले साथ साथ दुबै मुलकको बिकास नभए एक देशको अशान्तीले अर्को देशको बिकासमा अवरोध गर्ने बताए ।
भारतीय दुतावासको सहयोगमा निर्माणाधिन लक्ष्मी उच्च माबि पाल्पाको भवनको बुधबार बिहान शिलान्यास गर्दे दुबै देशको बिकासका लागी काधमा काध मिलाएर अघि बढ्नु पर्नेमा राजदुत रेकाे जोड थियो । भारत र नेपाल बिचको सम्बन्ध हजारौ बर्ष देखिको प्रगाढ भएको भन्दै राजदुत रेले यो सम्बन्धलाई कसरी अघि बढाउने र दिगो बनाउने भन्ने बारेमा भारत चिन्तित भैरहेको भनाई छ ।
आजको युग बिकासको युग भएको भन्दै हरेक देशले आफ्नो देशको दु्त गतिमा बिकास होस भन्ने चाहाने भन्दै गरिबि उन्मुलन पनि दु्बै देशको चुनौती भएको रेको भनाई छ ।
बिधालयमा किताबी ज्ञान मात्रै दिएर नहुने भन्दै पढाई मात्रै गरेमा बाल बालिकालाई पनि रमाईलो नहुने राजदुतकाे भनाई छ । बिधार्थीको चारित्रिक बिकास हुनु आवश्यक भएकोमा जोड दिदै त्यसको लागी पढाई संगै आफ्नो सस्कृति र सास्कार पनि सिकाउनुपर्नेमा जोड दिएका थिए । भारतका बिधार्थीहरु संसार भर नाम चलेको कम्पनीमा समेत अग्रपंतिमा रहेको भन्दै नेपालका बिधार्थीहरुलाई पनि अगाडि बढाउन भारत सरकारले बिभिन्न क्षात्रबृति प्रदान गरिरहेको राजदुत रेले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %