देवदह नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 45 Second

गोविन्द घर्ती
देवदह चैत्र १७ । देवदह नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । देवदह नगरपालिका भित्र संचालित आयोजना कार्यक्रम र सेवा सम्वन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले नगरपालिकाका कर्मचारीहरु मादक पदार्थ सेवन गरेर अफिस आउने गरेको देवदह नगरपालिकाको काम पारदर्शी नभएको गुनासो गरेका थिए ।
नगर परिषदले पास गरेको कामहरु कार्यान्वयन नभएको र भए गरेका कामहरुको समेत अनुगमन कार्य फितलो रहेको उनीहरुले गुनासो गरेका थिए । आमनागरिकले गरेकोे गुनासोको जवाफ दिदै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले कार्यालयमा भए गरेका अनैतिक क्रियाकलाप तत्काल हटाउने, सेवाग्राहीलाई छिटो छरितो तरिकाले सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अधिकृत घिमिरेले आर्थिक बर्ष २०७२/७३मा २ सय १७ योजना रहेकोमा १ सय ४५ सम्झौता भई कार्यान्वय प्रक्रियामा रहेको, ७२ वटा योजना सम्झौता नभएको र १२ वटा योजना सम्पन्न भईसकेको बताए । घिमिरेले दोश्रो चौमासिकमा चालु तर्फ ५१ लाख, पुजीगत, राजश्व तर्फ ६० लाख संकलन भएको बताए ।
घिमिरेले देवदह नगरपालिकाको भवन ७० प्रतिशत काम सम्पन्न भईसकेको र नगरपालिकाले पहिचान सहितको टोल सुधार समिति गठन गरी अगाडि बढेको बताए । देवदह क्षेत्रको समस्या भनेको अव्यवस्थित बसोवास रहेको र त्यसलाई व्यवस्थित गर्न नगरपालिका लागि परेको बताए । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्क्षतामा भएको कार्यक्रममा देवदह प्रहरी चौकी प्रमुख गिरीराज अर्याल, कृषि सम्पर्क कार्यालयका रामजनम चौधरी लगायतले उठेकाको प्रश्नको जवाफ दिएका थिए । नगरपालिकाका प्रशासकीय अधिकृत गंगा पन्थीको संचालनमा भएको कार्यक्रममा पारदर्शी नेपालका महेन्द्र प्रसाद पाण्डेले सहजीकरण गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %