माया घले मगर

त्यस्तै आयोजकले कार्य़क्रममा उपस्थित दर्शकको सुविधालाई मध्यनजर गर्दै कार्यक्रममा भाग्योदय चिठ्टा उपहार योजना पनि थप गरेको छ । एनआरएनए एनसिसी इजरायलको गत शुक्रवार बसेको बैठक पश्चात कार्यक्रममा उपस्थितहरुलाई सोही टिकटबाटै नेपालको टू वे टिकट लगायतका उपहार सहितको भाग्यसाली उपहार सहितको सुविधाहरु थप गरेको हो । आयोजकले नेपाल टुर्स् एण्ड ट्राभल्सको प्रायोजनमा प्रथम् पुरुस्कार १ जनालाई नेपालको टू वे हवाई टिकट, द्वितिय पुरस्कार १ जनालाई आईप्याड, तृतिय पुरस्कार एक जनालाई डेड सीमा Four Star होटेलमा सम्पूर्णँ सुविधा सहित २ रात बस्ने ब्यवस्था , चौथो पुरस्कार – हाइफा सिटीमा Four star होटेलमा २ रात वस्ने ब्यबस्था र पाँचौ पुरस्कार – १००$ नगद पुरस्कार दिने निर्णय गरेको एनआरएनए एनसिसी इजरायलका महासचिव तेन्जिङ शेर्पाले नेपाल इजरायल डट नेटलाई जानकारी दिनुभयो । उहाँले यस पटकको कार्यक्रम साँढे ८ बजेको निर्धारित समयमै शुरु भइसक्ने बताउदै कार्यक्रमको अन्त्यमा लक्की ड्र मार्फत उपहार खोलिने जानकारी दिनुभयो ।
इजरायली मेन पावर एजेन्सी याद वेयाद लगायत इजरायलमा रहेका विभिन्न १० वटा संघ संस्थाहरु हिन्दु जागरण नेपाल अभियान इजरायल, हेल्पिङ हर्ट्स इन इजरायल, नेपाल मगर संघ इजरायल, रुपन्देही सेवा समाज इजरायल, नारीकालागि नारी रु १ करोड १ अभियान, , किरात राई यायोख्खा नेपाल इजरायल, झापाली सेवा समाज इजरायल, श्री सत्य साई सेन्टर इजरायल र नेवा खल इजरायलको सह आयोजनामा आयोजना गरिदै गरेको उक्त वहुप्रतिक्षित कार्यक्रमबाट संकलन हुने च्यारेटी रकम असहाय दिनदुखी तथा प्रकृतिक प्रकोपबाट घरबार विहिन भएकाहरुको लागि सहयोग गरिने आयोजकले बताएका छन् ।
कार्यक्रम हलको क्षमता न्यून रहेको र दर्शकहरुको उत्साहपूर्ण सहभागिता रहने अनुमान लगाइएकोले आयोजकले सिट संख्या सिमित रहेकाले यथासिघ्र टिकट बुकिङ गरिसक्न हुन इच्छुकहरुलाई अनुरोध गरेका छन् ।
त्यस्तै आयोजकले परोपकारी कार्यकोलागि च्यारेटी संकलनार्थ आयोजना गरिन लागेको उक्त कार्यक्रममा सहभागिताकोलागि इजरायलमा रहेका सम्पूर्ण संघ संस्था तथा इजरायलवासी नेपालीहरुलाई हार्दिक अनुरोध गरेका छन् ।
त्यस्तै आयोजकले तेलअभिवको लेवन्सकी पार्कदेखि कार्यक्रम स्थलसम्म नि:शुल्क यातयात सुविधाको समेत ब्यबस्था रहेको जानकारी गराएका छन् ।